गजल.. भन्छ जलजला
जिबन्त पल सङ्घर्षले, बाँच भन्छ जलजला
![]() |
नबराज बुढा" नबिन उदासी" |
खुसी लिएर मनभित्र, नाँच भन्छ जलजला।
सानैमा बिष फल्यो न फक्रदैँ कोपिलामा
चुँडाएर डाली सबै भाँच, भन्छ जलजला।
मर्नै परे मरौंला बरु आफ्नै देशको लागी
जिबन मृत्यु सँग, दाँच भन्छ जलजला।
रोल्पा र रोल्पालीलाई देखाउन पौरखी
राखेर सबै मनभित्र, साँच भन्छ जलजला।
जिबन्त पल सङ्घर्षले, बाँच भन्छ जलजला
खुसी लिएर मनभित्र, नाँच भन्छ जलजला।।
-रोल्पा, बुढागाऊँ