गजल


रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'

लौ सुन ! ताजा खबर, अब गोली बोक्नु पर्दैन
उर्दी गरी किटेर, टाउकाको मोल तोक्नु पर्दैन ।

जनक्रान्ति बिसर्जन, आर्थिक क्रान्ति ल्याउने चेष्टा
समायोजन्को खाका, टोली जङ्गल ओत्नु पर्दैन ।

ज्यानको जोखिम मोलेर, रातो कफन गुथ्याथ्यौ
पुनस्थापना-स्वेच्क्षिक् अवकाश्, क्रान्ति घोक्नु पर्दैन ।

विचल्ली कत्तिको, रुवायो सारा दोहोरो भिडन्तले
नाफा-घाटा आ-आफ्नै होला, गोली ठोक्नु पर्दैन ।


जन-धनको यत्रो खती, प्राप्ति अझै थाँती रह्यो
उर्जा-बिष्मात् निमुखा जनको, झोली कोच्नु पर्दैन ।

आकश छुने सपना बाँड्यौ, युद्धको विगुल फुक्दै
आँधी-तुफान् उर्ल्यो भने, अब भोली रोक्नु पर्दैन ।

दमौली , तनहुँ
हाल : दुबई ( युएई )