»
गजल
गजल
-रुबेन पुन मगर
रुदै छ देश मै मात्र यहाँ हाँसेको के अर्थ
जिउँदो लाश बनेर यहाँ बाँचेको के अर्थ।
चर्किदा छाती घाउमा घाऊ बल्झेर आमाको
पल् भरी खुशी बटुली यहाँ नाँचेको के अर्थ ।
नसके पुछ्न आमाको आँशु नलाउन मलम
भरोसा बिहिन जिन्दगी यहाँ साँचेको के अर्थ ।
समय सँगै बाध्यता भित्र बाँधिनु पर्ने यो
सृष्टीको माला दैवले यहाँ गाँसेको के अर्थ।
रुदै छ देश मै मात्र यहाँ हाँसेको के अर्थ ।.जिउँदो लाश बनेर यहाँ बाँचेको के अर्थ ।।
शिर्षक :
गजल