गजल

धेरै पछि मायालुलाई सपनीमा भेटें मैले
अत्यास्को बेजोड प्यास्ले तिर्खा पनि मेटें मैले ।

फुस्रो वदन्, दुब्लो शरिर बेचैनी रागले
खुशी हुँदै उनीसङ्ग मनको धित फेटें मैले ।

हालचाला ठिकै रैछ बाबु-नानी बोलाउँछन् रे
वाचा-कसम चोखो हाम्रो तन्को आहा पोखें मैले ।

हेर्दा-हेर्दै कुरा गर्दै घुम्टो हाली रुन थालिन्
सम्हालिदै सम्झाउँदैमा आफ्नै छायाँ भेटें मैले ।

पत्तो नपाई रात बित्यो सपनीमा रम्दै आज
बिहानीभै ब्युझिंदा सिरानी पो साथमा भेटें ।
 रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )