घायलको तरही मुसायरा २४ बाट
जीतु खड्का 'गाउँले'
सातै जन्म तिम्रो साथ माग्या थिएँ तिमीसँग
बाँचुन्जेली थाम्ने हात माग्या थिएँ तिमीसँग ||
.
किन भयौ ढुलमुल कस्ले पार्यो दोधारमा
भरोषाको पक्का बात माग्या थिएँ तिमीसँग ||
.
सार्है मिठो लुकीचोरि ला'को माया त्यसैले त
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग ||
.
नशा रै'छ तिम्रो माया मन्द मन्द चड्दै थियो
अंङ अंङ चड्ने मात माग्या थिएँ तिमीसँग ||
.
दु:ख सुख एकै साथ जिन्दगीको यात्रा हाम्रो
गरौ भनी सुरुवात माग्या थिएँ तिमीसँग ||
मोरङ उर्लाबारी
हाल - साउदी अरब