'केस्रा' संक्षिप्त चिनारी र केहि केस्राहरु
मौलश्री लिम्बु |
''केस्रा''
'मेरो व्यक्तित्व''
शरीर ढाकें कोटले
इज्जत ढाकें नोटले
निष्ठुरी मन छोएन
सितिमितिको चोटले
झल्कायो सान कोटले
मुर्ख बनायो खोटले।
- जीवन देवान 'गाउँले'
हाल- मलेसिया
['आकृति केस्रा'आठ अक्षर तथा मात्रामा लेखिएकोछ]
-
-
'अनुरोध'
नगर दिलको कुरा छाडिदेऊ,
नसाँच दिलको कुरा मारिदेऊ।
पिँडा हुन्छ थाहा होला तिमीलाई,
नतान्नु दिलको कुरा झारिदेऊ।
नटिप्नु दिलको कुरा छाडिदेऊ,
अन्तै त्यो दिलको कुरा सारिदेऊ।
- क्रिश मगर
हाल-यु.ए.ई.
[''आवृति केस्रा' बाह्र अक्षर तथा मात्रामा लेखिएकोछ]
'डल्ली'
पारि गाउँकी डल्ली
लगाई पाउमा कल्ली।
हाट जान लागेकी
ब्याग बोकेर हल्ली।
ठुलो घरकी डल्ली
कोरली बनि चल्ली।
- दिलिप राई 'सगर'
हाल-मलेसिया
['आकृति केस्रा'सात अक्षर तथा मात्रामा लेखिएकोछ]
''चुनौती''
भुकेर त्यसै, हामी रुक्दैनौँ
खुलेर लड्छौँ, हामी लुक्दैनौँ।
अगाडि बड्छौ,हाँसेर मर्छौ
मर्नको लागी,हामी चुक्दैनौ ।
चालेर पाईला, हामी रुक्दैनौँ
नामर्दा जस्तो, हामी झुक्दैनौँ।
- आङ्देम्बे राज 'सहयात्री'
हाल- मलेसिया
['आकृति केस्रा'दश अक्षर तथा मात्रामा लेखिएकोछ]
'धोका'
नजानेर माया लाएँ
जानी जानी धोका पाएँ।
ज्योतिशिले भन्दिएन
भाग्य बुझ्न कति धाएँ।
बैगुनिलाई माया लाएँ
कति मिठो धोका खाएँ।
- रमेश कुँवर 'गोठाले'
[ 'आकृति केस्रा'आठ अक्षर तथा मात्रामा लेखिएकोछ ]
'सत्ता'
काँध टेकेर चढ़छौ
खुट्टा तानेर बढ़छौ।
सत्ता-शक्तिको खेल
लेखि इतिहास पढ़छौ।
जसरी हुन्छ चढ़छौ
अनि सर्तमा डढ़छौ।
- मौलश्री लिम्बू
हाल-मलेसिया
['आकृति केस्रा'सात अक्षर तथा मात्रामा लेखिएको]
-