गजल

माया लाएँ बिछोडीन्छु ,जीवन देखी हार भा'छु
भाग्यले नै धोका दियो ,अनी गजलकार भा'छु
-
बास्नादार फूल खोज्दा ,फुलबारीमा जिन्दगीको
बालुवामै झािङने त्यो ,मरुभुमीको झार भा;छु
-
स्वच्छ बिचार शुद्ध बुद्धी ,दुनियाँलाई झेल भई
यिनकै अघि लाग्नु पर्ने ,कस्तो म छेक बार भा'छु
-
मान्छे सबै धन्य हुन्छन् ,जूनी पाउँदा संसारमा
कस्तो मान्छे म त हजुर् ,धर्तिलाई नै भार भा'छु
-
सुख दु:ख आधा आधीँ ,हुन्छ भन्छन् जिन्दगीमा
खुशी के हो नदेखेरै ,यो जिबनमा पार भा'छु

------------------------------------------------
-
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट