हिंस्सी हराएको देश र जनता !!!

रुपलाल बिस्वकर्मा 'रुप अनुरागी'
 

कुर्लन्छन् जोडले, यस्तो-उस्तो कुरा हजार थरी
हेर ! ती आज मन्त्री भए गर्न थाले मनपरी ।

विधावारिधी गरेका छन्, ढाँट-छलको झुटो खेती
आफ्नै स्वार्थ र अर्थमा, सधैं लुछाचुडीं विमती ।
आलु भन्दा सस्तो भयो, सभासदको पद पनि
समानुपातिकमा परेको हो, चुनावमा हारे पनि ।
कुर्सीको लागि लडेको, राष्ट्र हितमा खोस्टो छैन
सिद्धान्तका ठेली छन्, व्यबहारमा होस्टे होइन ।
मिठा कुरा गर्छन् नेता, सिन्को भाँच्ने होइन क्यारे
कमाई खाने राम्रो भाँडो, सभासद र मन्त्री प्यारे ।
 
 सिंहदरबार पुग्यौ नेता, बिर्स्यौ गरिबको झुपडी
सधैं नटिक्ला जाली कुरा, जन ताली र थपडी ।
खुरापाती नेता होइन, राष्ट्रसेवक हामीले खोजेको हो
पक्ष-विपक्षमा नगुजार, शान्ति र बिकास रोजेको हो ।
हिंस्सी हराएको देशका जनता, छैन ओंठमा मुस्कान
निती-नियम्-बिधान बनाई कायम गर है सुशासन ।