गजल
-रमेश बिमन
आयु नपुगी बली दिदा कस्तो हुन्छ होला ?
पत्र नपढी जली दिदा कस्तो हुन्छ होला ?
बर्षौका ति तृष्णाहरु मिल्न केहि पल होस्
भेट नहुँदै ढली दिदा कस्तो हुन्छ होला ?
एकान्तमा कसैलाई सम्झिरहन मन लाग्दा
कोही आइ चली दिदा कस्तो हुन्छ होला ?
कृती छन जता ततै रबाफ फैलिएको
बाच्ने रहर गली दिदा कस्तो हुन्छ होला ?
सबै काम सकिएर कन्यादानको बेला
दुल्हा को हात छली दिदा कस्तो हुन्छ होला ?
आयु नपुगी बली दिदा कस्तो हुन्छ होला ?
पत्र नपढी जली दिदा कस्तो हुन्छ होला ?
बर्षौका ति तृष्णाहरु मिल्न केहि पल होस्
भेट नहुँदै ढली दिदा कस्तो हुन्छ होला ?
एकान्तमा कसैलाई सम्झिरहन मन लाग्दा
कोही आइ चली दिदा कस्तो हुन्छ होला ?
कृती छन जता ततै रबाफ फैलिएको
बाच्ने रहर गली दिदा कस्तो हुन्छ होला ?
सबै काम सकिएर कन्यादानको बेला
दुल्हा को हात छली दिदा कस्तो हुन्छ होला ?