रुपक गेडी

 गोविन्द भाबुक

१,
आसुँ झार्दै आँखामा कामेका ति ओठले
बोलाएथ्यौ  दुखें म नदेखिने चोटले
छायाँमा
हारें आज आफ्नै मयाँमा ।
२,
शुन्य लाग्छ पाखा यो हिजो गीत गाएथ्यौँ
जुनि जुनि एक भै बाँच्ने प्रित लाएथ्यौं
भुल्यौकी
यो मन् छोडि अन्तै डुल्यौकी ।
३,
सबै देख्छु हाँसेको आफ्नै मन रो'को छ
अरु केही चहिन्न तिम्लाई हेर्ने धोको छ
बैगुनी
साह्रै भारी भा'छ यो जुनि ।
४,
छैन कतै सितलु त्यसै मन जल्या छ
छुट्यो साथ पिरले आँधी हुरी चल्या छ
पिरैमा
चोखो माया राख्छु शिरैमा ।
५,
छोडि जानु थियो त गर्‍यौ किन बाहना
हुन्न भन्थे गरेर एकोहोरो चाहना
चाहिन्न
रोजे जस्तो कतै पाइन्न ।