गजल

घाऊ किन हुनु पर्‍यो पिडा आफै चोट भा'छ
चोखो मनमा घात पर्दा नमेटिने खोट भा'छ
-
बाध्यतामै प्रबासिदा बालुवामा जिन्दगी त
खडेरीमा पानि बिना सुकेजस्तो बोट भा'छ
-
ठाउ छैन खुशीलाई पोल्टो भर्दा दु:खले नै
भेटे खुशी थर्थराउने आज भोलि ओठ भा'छ
-
अन्न सड्यो नबोल्ने को बोल्दा पिठो बिकेर नै
आफ्नै नाउको प्रचार गर्ने एले यहाँ होड भा'छ
-
पानी छैन बत्ति छैन न त भेटे सुख शान्ति
काठ्माडौंको मेरो बस्ती दुर्गमको भोट भा'छ
-
----------------------------------------------
-
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट