गजल

केशव 'मित्जु'
 
गिद्धले सिनो लुछे झैं लुट्छु अनि चाल पाउली
तिमिलाई नै सिरानी बनाई सुत्छु अनि चाल पाउली।
 
कसका लागी खास बनायौ तिम्रो त्यो जोवन ?
भन नत्र तिम्रो अंग-अंग लुट्छु अनि चाल पाउली।

भागेर जान्छौ कि तिमि म संग मागेर जान्छौ ?
म गाजा-बाजा सहित जुट्छु अनि चाल पाउली।

राजी बन  तिमि  किन  दुनियाँले भनी  माग्छौ ?
न्या मानेनौ म आफै थुत्छु अनि चाल पाउली।

कति जिद्दी वाली रै'छौ तिमि भनेकै मान्दैनौ
'ठेप्ची'लाई एैळी ड्याम्म कुट्छु अनि चाल पाउली।।
 
रोल्पा
हाल: दोहा कतार