नियात्रा वसुदैव कुटुम्ब


रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'

आकश एउटै धर्ती एउटै आत्मा किन छिन्न-भिन्न
जन्म पछि मृत्यु सबको परमात्मा हुन्न अभिन्न ।

आउने जाने बाटो अलग आखिर गति एउटै हो
अमिट छाप मिठो राप गाँसौं माला पिरतिको ।
भुल्यौ कि त प्रतिबिम्ब सीता अनि भृकुटीको
गर्व हाम्रो सगरमाथा ज्ञानको सन्देश बुद्धको ।
चक्र दृष्टी ज्योतिको आत्मा परिवर्तन गर्न सिकौं
वसुदैव कुटुम्बको नियात्रा सर्वमान्य पालन गरौं ।
लाग्ने होइन हदै हामी थोत्रा-मोत्रा बर्बादीमा
सत्य-तथ्य मुल्य-मान्यता सकारौं हर्षादीमा ।
कर्मठ बनी जिउने गरौं स्वाभिमानी बानीले
सुन्दर जिबन प्यारो भूमी आफ्नै हावापानीले ।
 
रुपलाल बिश्वकर्मा
सहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )