गजल


पौरखी'म' स्वदेशको माटो संम्झि फर्की आएँ
लेक बेसी भन्ज्याङको बाटो संम्झि फर्की आएँ
-
अर्म पर्म मेलापात जंगल'नि सधैं गा'को
ढिकि जातो पोसिलो त्यो आटो संम्झि फर्की आएँ
-
ढाका टोपी सुरुवाल टाली दौरा लगाएको
पहीचान आफ्नै देशको फाटो संम्झि फर्की आएँ
-
सागर तरे जहाज चढे विश्व देखि दिक्क लाग्दा
आनन्दको गाऊँले जीवन् पाटो संम्झि फर्की आएँ
-
समाजको सेवा गर्ने अधुरैमा प्रबासिदा
पूरा गर्न बल्झिएको खाटो संम्झि फर्की आएँ
-
 ------------------------------------------------
-
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट