गजल


कपिल ज्ञवाली “जिज्ञासु”

मेरो मन्को सगरमाथा ,शिर हौ तिमी
दुख्छ कि त सम्झिराछु ,पिर हौ तिमी

सपनीमा सधैभरी , भेट हु“दाहुदैं
यथार्थमा जित्यौ हेर ,वीर हौ तिमी

तिमी जस्तै माया लाग्ने, धेरै भेटें हेर
नजर यी बा“ध्यौ र त,जान्जिर हौ तिमी

संसारै यो तिमी बिना ,देख्छु अन्धकार
जीवन यो रंगिन पार्ने ,निर हौ तिमी

मनखुसी पार्न भनी ,बनेकाछन् धेरै चिज
यो कपिल्को प्रिय खाना ,खीर हौ तिमी।

गजलगृह ,बुटवल – १४ ,रुपन्देही