गजल

जति तिमी पर पर झनै माया गाढा भा'छ
सम्झनाका तरेली नै मुटु छेड्ने काँडा भा'छ
-
तिम्रो मेरो माया बस्या भन्ज्याङ त्यो बिरानो भै
अलग पार्ने आज उही क्षितीजको डाँडा भा'छ
-
दु:ख माथी बोझको भारी प्रबासले बोकाईदिदा
जिन्दगी यो चौबाटोमा लतारीने गाडा भा'छ
-
मुटु दुख्दा घोच्छन् सबै कठै भन्ने मान्छे खै त
मनुस्यको धर्म छैन दुनियाँ नै छाडा भा'छ
-
सपनिमा झस्किन्छु म बिपनिमा टोलाउदै
चित्त बुझाई बस्नै पर्‍यो भेट्न दुरी टाढा भा'छ
-
-----------------------------------------------
-
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट