नेपालबाट सम्युक्त प्रबासी गजल संग्रह निकाल्ने

  -घनेन्द्र ओझा 
हामीले नेपालबाट प्रबासमा रहेर नेपालि गजल सिर्जना गरिरहनुभएका स्रष्टाहरुलाई समेटेर एउटा संयुक्त गजलसंग्रह प्रकाशनको सोच बनाएका छौ . यस कार्यमा धेरै साथीहरुको उत्प्रेरणा र राम्रा सुझाव पायौ . साथीहरुको सल्लाह र सुझावको आधारमा यस पुस्तकको अबराधारणाका केहि कुराहरु राख्दछु :
१) नेपालि गजलको व्यापकता र विस्त्रितिलाई प्रस्तुत गर्नको लागि र नेपालि गजलमा नया तथा ऐतिहासिक कार्यको लागि यस पुस्तकको अबधारणा आए ... को हो .
२) यो पुस्तकमा प्रवासमा रहेर नेपालि गजल सिर्जना गरिरहनुभएका स्रष्टाहरू समेटिनुहुने छ .
३) पुस्तकको गुणस्तरीयता (सिर्जना+छपाई) मा ध्यान दिइने छ .
४) १ जना स्रष्टाका ४ वटा गजल र व्यक्तिगत विवरण रहने छ । तर हरेक सर्जकले १० ओटा आफ्ना उत्कृस्ट गजल पठाउनुपर्ने छ .
५) न्युनतम रकम (नेरू. १५००) सर्जकले लगानी गर्नुपर्ने छ , यसबापत हरेक सर्जकलाई केही प्रति पुस्तक उपलब्ध गराइनेछा .
६) पुस्तक १००० प्रति छापिने छ , बाकि पुस्तक संस्थाले बिक्रि बितरन गरि एउटा कोष बनाएर नेपालि गजलको विकासको लागि उक्त रकम खर्च गर्ने छ .
नोट : हालसम्म लगभग ५० जनाको गजल आइसकेको छ, सकेसम्म धेरै सर्जकलाई समेट्ने प्रयासको कारण पुस्तक प्रकाशनमा केही ढिला भएको कुरा पनि साथीहरूलाई जानकारी गराउन चाहन्छु ।
गजल पठाउन छुट्नुभएका साथीहरूले आफ्ना १० ओटा उत्कृष्ट गजलहरू, एक प्रति फोटो र बायोडाटा १० दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ !

गजल पठाउने ठेगाना
ghanuojha@yahoo.com
सम्पर्क : ९८४१४३३१२८