गजल

कपिल ज्ञवाली “जिज्ञासु”

बित्यो समय शान्ति आउने ,बाटो हेर्दाहेर्दै
रक्ताम्य भो जताततै , माटो हेर्दाहेर्दै

समय नि कस्तो पर्यो,बिडम्बना भन्नुपर्छ
बिलिन भो जीवनमेरो , आटो हेर्दाहेर्दै

बुद्ध जन्मे यहि धर्तिमा भृकुटी र सीता पनि
टोलाउछन् आ“खाहरु , फाटो हेर्दाहेर्दै

भाईभाई लडेकाछन् गृहयुद्ध भन्दै यहा“
टुक्राटुक्रा घर मुनिको , पाटो हेर्दाहेर्दै

सोझासाझा नेपालीको यहि गति भयो
गरीबको छाप्रे लग्यो कठै, भाटो हेर्दाहेर्दै।

गजलगृह,बुटवल– १४,नया“गाउ“,रुपन्देही