दण्डपाणि स्मृति पुरस्कार साहित्यकार प्रश्रतिलाई



दण्डपाणि अर्याल स्मृतिकेन्द्र, नेपालद्वारा स्थापित दण्डपाणि अर्याल स्मृति राष्ट्रिय पुरस्कार- २०६८ वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रतिलाई प्रदान गर्ने निर्णय भएको छ ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको विशेष योगदानलाई उच्च मूल्याङ्कन गरी स्मृतिकेन्द्रका अध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति शिवहरि मरहट्टाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

गोरखा जिल्लाको शैक्षिक जागरणमा महत्वपूर्ण योगदान दिएका विद्वान, इतिहासविद्, ज्यातिषशास्त्री तथा दीर्घ शिक्षासेवी पं दण्डपाणि अज्र्यालको नाममा स्थापित केन्द्रले २०६३ सालदेखि प्रत्येक वर्ष रु २१ हजार र सम्मान पत्रसहितको उक्त पुरस्कारद्वारा विभूषित गर्न थालिएको हो । विसं २०६७ को सो पुरस्कार वैदिक वाङ्मयका ज्ञाता एवम् मदनमणि दीक्षितलाई प्रदान गरिएको केन्द्रले जनाएको छ ।


साभार:डिसी नेपाल बाट