गजल


मस्ती छ है प्रबासमा आएपछि रमाउला
दु:ख हैन सुखै सुख पाएपछी रमाउला
-
दश नङ्रा खियाएर साझ के खाउ स्वदेशमा
बिदेश आई मिठो चोखो खाएपछी रमाउला
-
थोत्रो लुगा टाली टाली लाउनु भन्दा बिदेशिई
धन कमाई राम्रो फाटो लाएपछी रमाउला
-
तड्पिएर आफ्नै घर कुर्‍नु भन्दा पाहुना भई
बिदेशीले तीम्रै गीत गाएपछी रमाउला
-
बास तिम्रो गरीबीले उठनु भन्दा प्रदेशीई
चुहीने त्यो घरको छानो छाएपछी रमाउला
-
-----------------------------------------------
-
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट