गजल
नशा भित्र पीर मेरो लुकाएर आएँ
पीडा जति उसै संग फुकाएर आएँ।
सच्चा साथी त्यही रै'छ साथ दिन मलाई
बोतलमा आँसु मेरा सुकाएर आएँ।
दु:ख पर्दा साथीसँग बस्दै अनि पिउँदै
अलिकति मनको ब्यथा चुकाएर आएँ।
भट्टी भित्र सबै पैसा लुटाएर मैले
आफैसँग आफ्नै मन दुखाएर आएँ।
साथी सम्झी हात जोडे, पिए मैले धेरै
साथ छोड्न बोतल आज फुटाएर आएँ।
नशा भित्र पीर मेरो लुकाएर आएँ
पीडा जति उसै संग फुकाएर आएँ।।
![]() |
कल्पना अवस्थी |
सच्चा साथी त्यही रै'छ साथ दिन मलाई
बोतलमा आँसु मेरा सुकाएर आएँ।
दु:ख पर्दा साथीसँग बस्दै अनि पिउँदै
अलिकति मनको ब्यथा चुकाएर आएँ।
भट्टी भित्र सबै पैसा लुटाएर मैले
आफैसँग आफ्नै मन दुखाएर आएँ।
साथी सम्झी हात जोडे, पिए मैले धेरै
साथ छोड्न बोतल आज फुटाएर आएँ।
नशा भित्र पीर मेरो लुकाएर आएँ
पीडा जति उसै संग फुकाएर आएँ।।