गजल


घमन्डमा फुर्किएर एक्लै  शिखर चढेपछी
लौरी सम्झी पछुतायौ उकालीमा लडेपछी
-
म रुँदा त रमाएथ्यौ तिमी रुँदा संगै रोएँ
झनै रोएँ छट्पटिँदै तिम्रो पीडा गढेपछी
-
सम्झनामा तड्पिएर के नै गर्न सक्छौ ? अब
आँशु झार्नु भयो काम भित्री मन डढेपछी
-
बास्तबिकता अरुको त कहानी झै लाग्थ्यो पैल्हे
मिल्दोजुल्दो आफ्नै कथा थाहा पायौ पढेपछी
-
हाँसो खुशी अरुको र आफ्नो भिन्नै ठान्ने तिमी
balla दुख्यौ जुनी काट्न एक्लै अघि बढेपछि
-
----------------------------------------------
 -
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट