अतिब उजाड नरेश
तारे भिरमा तिम्रै लागी
अनेक पिरमा तिम्रै लागी।
सात सागर तरेर म
एक्लै तिरमा तिम्रै लागी ।
हर्षासु ती देख्न तिम्रा
हिमाल सिरमा तिम्रै लागी।
निश्चल न्यानो प्रेम पाउन
तातो झिरमा तिम्रै लागी।
दूर भई बाँच्न साह्रो तर
यो मन थिरमा तिम्रै लागी।।