गजल-मानिसको चोला
रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'
रित्तै आयो रित्तै जाने, मानिसको चोला
ब्रह्मालुट गरी खाने, मानिसको चोला ।
बाँचुन्जेल तेरो-मेरो, रिस-डाहा कति
केहि छैन साथै लाने, मानिसको चोला ।
केहि छैन साथै लाने, मानिसको चोला ।
एकै रति भिन्न गति, हिंड्ने बाटा धेरै
नामी जुनी ज्युन छाने, मानिसको चोला ।
नामी जुनी ज्युन छाने, मानिसको चोला ।
सध्भाव-प्रेम मिलाप, जीबनका पाटा
सर्वोकृष्ट प्राणी ठाने, मानिसको चोला ।
सर्वोकृष्ट प्राणी ठाने, मानिसको चोला ।
खाको छैन कसैले नि, अजम्बरी बुटी
यश-कीर्ति बचाइ धाने, मानिसको चोला ।
यश-कीर्ति बचाइ धाने, मानिसको चोला ।
दमौली, तनहुँ
हाल : दुबई ( युएई )