गजल
गजल
न त मलाई बल्न दियौ, न त जल्न दियौ
पीरतिको बगैंचामा, न त फल्न दियौ ।
भावनाको प्रीत हाम्रो, कति मिठो थियो
सपनीको निंदरीमा, न त ढल्न दियौ ।
दाउपेच चल्दो रैछ, बुझ्न अति गार्यो
मायाको भुमरीमा, न त गल्न दियौ ।
कानेखुशी गर्थे कोहि, मिल्दो जोडी देख्दा
काँढेतार राखी मलाई, न त चल्न दियौ ।
कल्पनाको सागरमा, भुलायौ त व्यर्थै
एक चिम्टी चोखो सिन्दूर न त दल्न दियौ ।
पीरतिको बगैंचामा, न त फल्न दियौ ।
भावनाको प्रीत हाम्रो, कति मिठो थियो
सपनीको निंदरीमा, न त ढल्न दियौ ।
दाउपेच चल्दो रैछ, बुझ्न अति गार्यो
मायाको भुमरीमा, न त गल्न दियौ ।
कानेखुशी गर्थे कोहि, मिल्दो जोडी देख्दा
काँढेतार राखी मलाई, न त चल्न दियौ ।
कल्पनाको सागरमा, भुलायौ त व्यर्थै
एक चिम्टी चोखो सिन्दूर न त दल्न दियौ ।
रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली, तनहुँ
हाल : दुबई ( युएई )
साहित्यिक नाम
रुप अनुरागी
दमौली, तनहुँ
हाल : दुबई ( युएई )