कविता - "म अनि मेरो रचना"

जेठा दाई 'प्रखर'


बिना कारण कसै संग,
बे-फ्वांक मा कराउदिन,
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !

आमाको गर्भ मै सिकेको हैंन मैले,
कसैको अनुसरण गरेको छैन मैले,
हात मुसार्दै चाप्लुसी गर्न जानिन,
बिताको छु कैयौ रात,
टुकी र मैंन मा मैले !
धेरै पाए यो छातीमा,
घोपिला, रोपिला, धोका हरु,
अरु लाइ ख़ुशी पार्दा-पार्दै
आफैले पाइन कहिले चैन मैले !
जे भोग्छु, त्यही लेख्छु,
कसै संग डराउदिन !
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !!

मिलन देखे, बिछोड देखे,
मुटु भरी चोट देखे,
भोका देखे, नांगा देखे,
सोझा अनि बांगा देखे,
सग्ला देखे, अपांग देखे,
मुटु मा प्वाल प्वांग देखे,
जित देखे, हार देखे,
बोलीको तिखो प्रहार देखे,
म धोकेवाज हरु,
फीटिक्कै मन पराउदिन,
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !!

आफ्नो आंग को भैसी नदेख्ने,
अर्काको ढ़ाडको चाही जुम्रो देख्ने ?
आफ्नो बुढो हड्डी खिएर,
मसान घाट लाने बेला भै सक्यो,
मेरो गाला को चाम्रो देख्ने ?
आफु नाच्न नजान्ने, अनि,
बिचारा आँगन चाही बांगो देख्ने ?
आफ्नो शरीर मा एक सरो टासेर,
दुनिया लाइ नांगो देख्ने ?
हेर बाबु-नानी,
म त्यसै पागल झै कराउदिन,
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !!

सत्य लेख्छु, यथार्थ लेख्छु,
जिंदगी को हरेक अर्थ लेख्छु,
गीत-गजल, कविता अनि,
कथा लेख्छु,
म सबै को मन को,
व्यथा लेख्छु,
म रिस-घमण्ड, स्वार्थ लेख्छु,
कहिले काही त यस्तो लाग्छ,
यी दर्शन ढुंगा झै,
काम न काच का लागी,
व्यर्थ लेख्छु,
तर,
म जे सुन्छु, त्यही लेख्छु,
कसै संग डराउदिन,
म इतिहास को पन्ना मा छापिने छु,
फुस्स धुंवा झै हराउदिन,
म स्वाभि मान अनि राष्ट्र भक्त का,
झन्डा फहराउछु,
ती राष्ट्र घाती, मन घाती,
तन घाती, ईमान घाती,
इज्जत घाती, माया घाती हरु को
झन्डा फहराउदिन,
म देश द्रोही, घुस्या,
भ्रष्ट, बलात्कारी, अत्याचारी,
पटक्कै मन पराऊदिन,
जे भोग्छु त्यही लेख्छु,
कसै संग डराउदिन,
जे सुन्छु त्यही लेख्छु,
कसै संग डराउदिन,
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !!