गजल

भन्ने गर्थे अन्धो वैंश, झूटो प्रेमको पासो भो
निष्ठुरीले छाडी गयौ, तिम्रो चिनो नासो भो ।

एकोहोरो विश्वासले, दियो ठूलो बज्रपात
हल्लाखल्ला चारैतिर, यत्रो किन चासो भो ।

बुझ्नुपर्छ जवानीलाई, बन्ला कतै आत्मघाती
पापी रैछ झूटो माया, अनर्थको काँसो भो ।

कर्तव्य र जिम्मेवारी, दुईटैको हो बराबरी
गतिशील गन्तव्यमा, नमेटिने टाँसो भो ।

मुटुभित्र पीडा लुकाई, बाँच्नु पर्ने रैछ जीबन
चाहाना त लुटिगयौ, रहर-ईच्छा हाँसो भो ।

रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी

दमौली, तनहुँ
हाल : दुबई ( युएई )