गजल

जेठा दाई 'प्रखर'

खै, जुन जोगी आए पनि, कानै चिर्या मेरो देश !
जनता मार्न जनताले नै, बन्दुक भिर्या मेरो देश !

अब त देश बन्छ भन्छु, बुद्धि तिनका आए भन्छु,
सती को श्राप ले सधै भरी, नेता पिर्या मेरो देश !

युवा सबै मुग्लान पसे, हात-घुंडा, ज्यानै धसे,
दु:ख गरी कमाको पैसो, कर तिर्या मेरो देश !



देशको ढुकुटी रित्याएर, बिदेश भ्रमण, भतुवाहरु,
उपलब्धि, एत्रैसिति, डयाम्म, भुड़ी भर्या मेरो देश !

लौन, कोही डोरी लगाऊ, तानी देऊ न मेरो लागी,
दुई ढुंगा को कोप्चे भित्र, फुत्त छिर्या मेरो देश