सम्युक्त गजल

सन्तानको सुख देख्न आफ्नो सुख हर्ने आमा
दुख दर्द ममताको आचलले भर्ने आमा - --- सावित्र लुइँटेल

मुहारमा क्रान्ति ल्याउन आफ्नो दुख लुकाएर
अप्ठ्यरा सयौ खोला हासेर नै तर्ने आमा -- --सावित्र लुइँटेल

भोक प्यास छैन् उनलाई तिम्रो पेट नभरिदा
पटुकी नै कसी कसी तिम्रो लागी मर्ने आमा ! ----लाल कार्की


तिम्रो भोलि उज्वल पार्न युद्ध लड्नु परे पनि
ज्यानको बाजी लगाइ आफु अगी सर्ने आमा ---सावित्र लुइँटेल

पेट भरि लिटो पिठो सन्तानलाई खुवाउन
हतार् गरी सधैं सधैं लेक बेशी गर्ने आमा -----बुद्धि मुक्तान

लाख गल्ति माफ गर्दै सुमार्गमा ल्याउनलाई
तिम्रा हरेक पाइलामा उज्यालो नै छर्ने आमा --सावित्र लुइटेल