व्याकुल माइलाको 'छाल भित्रका विम्व'

             - राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको गजल एल्बम सार्वजनिक भएको छ । काठमाडौंको सामाखुशीमा भएको कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीले गजल एल्बम ‘छाल भित्रका विम्व’को विमोचन गर्नुभएको हो ।

एल्बममा रहेका प्रकृति र प्रेमसित सम्बन्धित गजल नरेन्द्र प्यासी, अञ्जु पन्त, सत्यराज आचार्य र स्वरुपराज आचार्यले गाउनुभएको छ । गजलमा ठाकूर प्रसाद दूलालले संगीत दिनुभएको छ ।


साभार डिसी नेपाल डट कम