पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
पेनाङ, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो ।
समाजका कोषाध्यक्ष कृष्ण आलोकको बासुरीको मिठो धुनबाट शुरु गरीएको कार्यक्रममा उपाध्यक्ष भिष्म दर्नालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव तथा संग्रहका सम्पादक जीतमान राई सबिनु ले समाज र प्रकाशित संग्रह बारेमा बोल्नु भएको थियो ।
प्रमुख अतिथि र अतिथिहरुबाट संग्रहको संयुक्त विमोचन पश्चात संग्रहको बारेमा गजलकार तथा कार्यक्रमका अतिथि श्रीजन श्रीले समिक्षात्मक मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथिको आसनबाट बोल्दै दिलिप राई सगर ले संग्रहको सफल्ताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । अन्य वक्ताहरुमा मोलश्री लिम्बु लगायतका साहित्यिक स्रष्टाहरु रहनु भएको थियो । प्रवास र घरबासका गरी ४६ जना स्रष्टाहरुको २३० वटा गजल समावेस गरीएको छ भने संग्रहको सम्पादन जीतमान राई सबिनु ले गरेका हुन् ।
कार्यक्रम जम्मा तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा पुस्तक विमोचन, दोस्रोमा स्रष्टा सम्मान र तेस्रोमा सृजना वाचन कार्यक्रम रहेको थियो ।
कार्यक्रममा समाजले मलेसियामा रहेर साहित्यिक क्षेत्रमा योगदान पुर्याउने तीन जना स्रष्टाहरुलाई सम्मान गर् यो । सम्मानित स्रष्टाहरुमा दिलिप राई सगरु, श्रीजन श्री र मौलश्री लिम्बु रहनु भएको छ । उहाहरुलाई समाजको तर्फबाट खदा पहिर्याएर सम्मान-पत्र प्रदान गरीएको थियो । साथै उदाउदो तारा साहित्य समाजको स्थापना काल देखि अहिले सम्म महत्वपुर्ण योगदान दिने सदस्यहरुलाई पनि सम्मान तथा कदर पत्र प्रदान गरीएको थियो । समाजका सम्मानित सदस्यहरुमा संस्थापक अध्यक्ष अशोक कुमार प्यासी राई, संस्थापक उपाध्यक्ष गणेश महतरा ‘हिमाली’, संस्थापक सचिव देवेन्द्र शर्मा पौडेल, संस्थापक कोषध्यक्ष कुमार बुढाथोकी आयुषु भुपु. कोषाध्यक्ष सन्तोष गैह्रे भुपु. सह सचिव नरेन मगर बी, सदस्यहरु दशरथ राई, जीवन सेन्च्युरी, बलबहकदुर गुरुङ्ग रहनु भएको थियो ।
कार्यक्रमको तेस्रो चरणमा सम्पुर्ण स्रष्टाहरुबाट बिभिन्न स्रष्टा रजना वाचन गर्नुको साथै गीत संगीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाईएको थियो । कार्यक्रम थलिन्द्रबहादुर भुजेल उदयु र जीतमान राई सबिन ले संयुक्त रुपमा संचालन गरेका थिए।