कबिता


जेठा दाई 'प्रखर'


..
जीवन पिच्छे फरक-फरक, जिन्दगीको परिभाषा,
तर सबको चाह एउटै, हांसी बाच्ने अभिलाषा !

कोही भन्छन धन, त कोही भन्छन मन हो जीवन !
कोही भन्छन शरीर को, सन्तुष्टि र चैन हो जीवन !
जे सुकै भनुन सबले, मर्दा के पो लान्छ कसले ?
आज हो की, भोली हो ? आफ्नै टुंगो छैन जीवन !
भोगाई पिच्छे फरक-फरक, जिन्दगी को परिभाषा,
तर सबको लक्ष्य एउटै, रम्दै जिउने अभिलाषा !

कोही भन्छन आगो, त कोही भन्छन पानी जीवन !
म त भन्छु, क्षण भर मै, डढे पछि खरानी जीवन !
मुटु ढुक-ढुक हुन्जेल सम्म, साथ दिने लाखौ पाउछौ,
जब छोड्छ साथ मुटुले, अनि माटोको सिरानी जीवन !
के भन्छौ ल अब भन, जिन्दगी को परिभाषा ?
के हो तिम्रो इक्षा-रहर, के हो तिम्रो अभिलाषा ?