गजल

             -नव राज घिमिरे  

एक अनुहारमा,    धेरै  अनुहार  हुन्छन्
कोही सम्झिएर,  कोही बिर्सिएर रुन्छन्

माया कहाँ जाला, यस्तो प्रकारको माला
कोही काँडालाई,  कोही फुललाई उन्छन्

सुन्न साँचोमात्र,  कहाँ चाहन्छ र मान्छे
कोही भनेको नै, कोही न भनेको सुन्छन्


कहाँ    जनावर ,  सक्छ  चालरच्न  कठै
मान्छे भएपछि, खेल यस्तै-यस्तै उन्छन्

अझै   राम्रो  हुन, कति  क स र त    लौन
केही महिलो त, कोही सुकिलो नै धुन्छन् ।।