गजल - नसुनेझैं गरी हिंड्यौ
ईशारा त दिएकैथें, नसुनेझैं गरी हिंड्यौ
मनपेट खोलेकैथें, नबुझेझैं गरी हिंड्यौ ।
मनपेट खोलेकैथें, नबुझेझैं गरी हिंड्यौ ।
यौवनको धूप्ले होला, अप्सराको रुप्ले होला
घमण्डले चूर हुदै, नदेखेझैं गरी हिंड्यौ ।
घमण्डले चूर हुदै, नदेखेझैं गरी हिंड्यौ ।
हुतिहारा कर्महारा, ठान्यौ मलाई व्यर्थै
कुवेरकी चेली तिमी, नटेरेझैं गरी हिंड्यौ ।
कुवेरकी चेली तिमी, नटेरेझैं गरी हिंड्यौ ।
धनको थैला हातको मैला, पौरखीको आत्मा
दौलतमा खेल्ने बानी, नभेटेझैं गरी हिंड्यौ ।
दौलतमा खेल्ने बानी, नभेटेझैं गरी हिंड्यौ ।
ढुङ्गा भन्दा सार्यो मन, पुगोस् त्यस्तै सधैंभरी
सुख दिन्छु भनेकैथें, नचिनेझैं गरी हिंड्यौ ।
सुख दिन्छु भनेकैथें, नचिनेझैं गरी हिंड्यौ ।
रुपलाल बिश्वकर्मा
सहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )
सहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )