गजल


..
साहित्य मा तेरो मेरो, भाग हुन्न साथी !
रचना मा कसैको नि, दाग हुन्न साथी !

मनको व्यथा पोख तिमी, सबले सुन्ने गरी,
लेखाई मा हर कसैको, राग हुन्न साथी !

भावना त तिम्रो हो नि, शब्द आफ्नै खोज,
गहना को बजार जस्तो, माग हुन्न साथी !

गजल लेख, कबिता लेख, या त कथा लेख,
अमर हुन्छ तिम्रो व्यथा, राख हुन्न साथी !

यस्तो एउटा रचना लेख, सबको प्यारो बन्ने,
करोडौ मा बिक्छौ तिमी, लाख हुन्न साथी !