गजल-नत्र बात मोडे हुन्छ

रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'

हित मिली चित्त बुझे माया देऊ, नत्र बात मोडे हुन्छ
बस्ने ठाऊँ खाली भए बास देऊ, नत्र नाथ तोडे हुन्छ ।
 
भन्नलाई त सजिलो हुन्छ, तर गार्‍यो ब्यवहारमा पो
नानी जस्तै परेलीमा सजाइदेऊ, नत्र हात जोडे हुन्छ ।
 
सम्बन्धको चर्चा जति चले नि चल्नदेऊ, वास्ता नगर
प्यारो लाजको घुम्टो त्यो ओढाइदेऊ,नत्र घात गोडे हुन्छ ।
 
हिलोमा पनि कमलको फूल, फुल्छ भन्ने सोचाई राख
परेलीका आँशुहरु यी थमाइदेऊ, नत्र पात फोडे हुन्छ ।
 
पाउनुलाई पनि गुमाउनु सम्झ, निस्वार्थमा जिउने काईदा
प्रीतमा जीत्को माला पहिराइदेऊ, नत्र साथ छोडे हुन्छ ।।
  
-दमौली, तनहुँ
हाल : दुबई ( युएई )