गजल
रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'
मनको दूरी गाढा भए त, आफ्नै जस्तो लाग्दो रैछ
मनको दूरी टाढा भए त, पराई बनी भाग्दो रैछ ।
मनको दूरी टाढा भए त, पराई बनी भाग्दो रैछ ।
आउने-जाने बाटो एउटै कति हिंड्छ्यौ तर्किएर
हित्त-चित्त मिलन भए, निंदरी पनि जाग्दो रैछ ।बोलाउनलाई साईनो होला रमाउनलाई मनको भाका
मन-मनले रोज्यो भने, वरदान पनि माग्दो रैछ ।
विचित्रको दुनियाँमा भेट्छौं साथी अनेक थरी
मनले चुने त्यैआफ्नो हुने, माया गरी डाक्दो रैछ ।
दमौली , तनहुँ
हाल : दुबई ( युएई )