चारै तिर सप्तरंगी रंगले भरेर होली!
यो साल पनी खुसियाली छरेर होली!
आयो सबको सामु ,घृणा बोकेर होईन,
एक अर्कामा मायाँ सद्बभाब गरेर होली!
...
हिजो सम्म छितिज पारी पारी नै थियो,
आईपुग्यो आज सुमुन्द्र हरु तरेर होली!
वर्ष भरी प्रतिक्षा गरी गरी थाकेको बेला,
बल्ल तल्ल आज भेट भयो मरेर होली!
एक ईशाराले आज नचाएर दुनियालाई,
फर्किन्छ एक बर्षलाई खुसी हरेर होली!
राज तबेबुङ लिम्बु