गजलकार रुप अनुरागीका ३ वटा गजलहरु
टाढा बाट बोलाउँ भने थर्किने पो हो कि उनी
नजिक्-गई बोलाउँ भने झर्किने पो हो कि उनी ।
दोमनले चक्कर लाज्ञो आकर्षणको धूपले
सुवासिली परी लाग्छ चर्किने पो हो कि उनी ।
रुप हेर्दा हल्का काली हिंस्सी ओंठ मुस्कान त्यो
समाजले आँखा तर्दा तर्किने पो हो कि उनी ।
मान्छे राम्रो ज्ञान-गुन्ले शील-शोभा आचरण
रुढिवादी समाजमा फर्किने पो हो कि उनी ।
भावनामा जस्तो हुन्न यथार्थमा जिउने काइदा
चोखो बन्न सुनपानीले छर्किने पो हो कि उनी ।
गजल
जित्नेको हैकम अहङ्कार ठूलो छ
हार्नेको विचरा चित्कार ठूलो छ ।
सुनौलो मौका त यही नै हो भन्दै
लुटाहा जमात भ्रष्टचार ठूलो छ ।
सेमिनार-गोष्ठीमा व्यस्त नारीवादी
समाजमा व्यप्त व्यभिचार ठूलो छ ।
अधिकार कर्मी कुर्लन्छन सडकमा
देशमा अन्यौल अत्यचार ठूलो छ ।
तुइन्छ कि बिधान जहरको रागले
जन-मानसमा हाहाकार ठूलो छ ।
गजल
बल्लतल्ल भेटभाको मन्मा कुरा राख्छेऊ किन
भित्रभित्रै गुम्सिएर गुन्द्रुक जस्तै पाख्छेऊ किन ?
खोल्नुपर्छ दिलका कुरा हित्तसङ्ग चित्त मिल्दा
बक्रदृष्टी छैन मेरो तर्सिएर भाग्छेऊ किन ?
बेखुशीमा हुन्न चैन खुशी राजी आफ्नो रोजाई
भरोसानै छैन भने खुनासिंदै डाक्छेऊ किन ?
जेलिएर गाँठो पर्ला कुत्कुतिमा रुमलिंदा
दुनियाँले देखिहाल्छन कतिन्जेल ढाक्छेऊ किन ?
जुर्मुराउँछन रहरभित्र कहरका फोकाहरु
अधुरो त्यो सपनाको महल नै ताक्छेऊ किन ?
आदर्शका झुट्टा कुरा हुन्न मेरो ब्रम्ह बाट
नि:स्वार्थमा स्वार्थको अगरबत्ती माग्छेऊ किन ?
रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )