मुक्तक
( १ )
दिन बित्यो बाटो हेर्दै
रात बित्यो कोल्टे फेर्दै ।
आकाशको चन्द्र-सूर्य
अस्ताउँदै छन ओझेल पर्दै । ।
दिन बित्यो बाटो हेर्दै
रात बित्यो कोल्टे फेर्दै ।
आकाशको चन्द्र-सूर्य
अस्ताउँदै छन ओझेल पर्दै । ।
( ३ )
साँचो प्रीति बुझाइ राम्रो
एकै रथको जिबन हाम्रो ।
समर्पण र समझदारी
अजम्बरी साइनो हाम्रो । ।
( ४ )
परदेशमा पीडा हुन्छ
बिछोडमा मन रुन्छ ।
बिश्वासको घैला हाम्रो
मन्-मन्दिरमै घुमिरान्छ । ।
रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )