गजल-बचनले हान्यौ बाबा छाती बीच सोला दुख्यो| थापा मिरा
-थापा मीरा
बचनले हान्यौ बाबा छाती बीच सोला दुख्यो|
कस्तो जन्म दियौ आँमा यो छोरीको चोला दुख्यो|
डोको,नाम्लो भीराईदियौ म छोरीलाई पढाएनौ|
स्कुल जाँदा पीठ्माथी भाईले बोक्या झोला दुख्यो|
नबगा भो धेरै आँशु भन्छ खोलो सुशाएर|
मेरो आँशु मिसीएर धमिलो भै खोला दुख्यो|
पढी लेखी मेरो भाईले के रोपेछ करेसामा?
बाबा तिम्रो लासै छेउको बारूदको गोला दुख्यो|