गजलको परिचय, अर्थ र परिभाषा

डा.घनश्याम न्यौपाने ‘परिश्रमी’

सैद्धान्तिक आलेख
१.१. विषयप्रवेशः
 गजल अधुनातन नेपाली साहित्यिक जगत्मा अत्यन्त प्रभावकारी काव्य विधाका रूपमा देखा परेको छ । वास्तवमा अचेल हरेक तह र तप्काका पाठक तथा श्रोताहरू गजल औधि मन पराउँछन् । आजभोलि त्यस्ता साहित्यिक पत्रिकाहरू बिरलै पाउन सकिन्छ जसमा गजलको समाविष्टि नभएको होस् । एउटा जमाना थियो, जुन वेला गजल राजा-महाराजाहरूका दरबारमा, रनिवासमा र नवाबहरूका कोठीमा सुनाइन्थ्यो वा गाइन्थ्यो । परन्तु आजको गजल आम जनसमुदायको विषय बनेर सडकमा उत्रेको छ र समाजका हरेक तहमा पुगेको छ ।

 वस्तुतः साहित्यका हरेक विधाको आआफ्नै स्वरूप
हुन्छ । गजलको पनि विशेष किसिमको पृथक् रूप छ । गेयता, सङ्गीतसँग अन्योन्याश्रतिता, कोमलता, सुकुमारता, अभिव्यक्ति कौशल-अन्दाजेबयाँ), उक्तिवैचित्र्य, सूक्तिमयता, शैल्पिक प्राञ्जलता, लघुता, सूक्ष्मता वा गहनता, भावसघनता, विम्बमयता, प्रतीकात्मकता, अनुभूतिको तीव्रता, कल्पनाशीलता, लौकिक प्रेम, रोचक स्मृति, मनमाोहक शब्दविन्यास, चमत्कार प्रधानता, लालित्यपूर्णता, सरसता, सम्प्रेषणीयता, प्रत्येक शेरहरूमा विषयवस्तुको स्वतन्त्रता, जीवनसापेक्ष प्रभावकारी प्रसङ्गको प्रस्तुति, म्रि्राहरूबीचको अर्न्तर्सम्बन्ध, शिष्ट र शालीन भाषाको प्रयोगजस्ता विशेषताहरू ग्ाजलमा विद्यमान हुनु आवश्यक छ । यिनै विशेषताहरूको विद्यमानताले गर्दा नै गजल आकर्ष एवम् मनमोहक बन्न सक्तछ ।


 हिन्दइरानी सांस्कृतिक सुन्दर परम्पराको ज्वलन्त उदाहरणका रूपमा चिनिने गजल यथार्थतः काव्यको एउटा स्वतन्त्र एवम् अति नै महत्त्वपूर्ण विधा हो । मूलतः गजलमा सुकोमल र हृदयस्पर्शी भावहरूको अभिव्यक्ति कोमलकान्त पद र पदावलीहरूका माध्यमबाट रोचक ढङ्गले गरिन्छ । गजलका शेरहरूमा थोरैभन्दा थोरै शब्दहरूबाट धेरैभन्दा धेरै र अति सूक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुन्छ । वस्तुतः थोरै शब्दमा मनका कुरा व्यक्त गर्ने कला गजल हो । शब्दप्रयोगमा मितव्ययिता अपनाइने यस विधामा अधिकतर आन्तरिक भावनाको उद्घाटन  हुन्छ । भनिन्छ, गजलको कुनै एउटा मात्र शेर कुनै गद्य आलेखका सैकडौँ पृष्ठहरूभन्दा कम प्रभावकारी हुँदैन, अपितु अधिक सामर्थ्ययुक्त हुन्छ । श्रुतिकटु, अश्लील, दुरुह, क्लिष्ट अभद्र तथा अशोभनीय अपशब्द र अपमानहेतु अनादरवाची शब्दहरू गजलका लागि स्वीकार्य हुँदैनन् । शिष्टता र शालीनतालाई गजलले अनिवार्य रूपमा आत्मसात गर्नै पर्दछ, उपेक्षा गर्नु हुँदैन । यसमा शिष्ट शब्द र अर्थको मञ्जुल समन्वय हुनु आवश्यक
हुन्छ । अर्थात् गजल कोमल शब्दहरूबाट बन्दछ र तिनबाट प्रतिपादित भाव र अर्थ पनि कोमल नै हुनर्ुपर्दछ । गजलमा गाली पनि मीठो अर्थात् प्रिय भाषाले गर्न जान्नुपर्दछ । लचकदार, कोमल र प्रवाहपूर्ण भाषा गजलले अपेक्षा गर्दछ । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण द्रवणशीलता तथा विचित्रता वा रङ्गीनमयता गजलका मुख्य विशेषता हुन् ।
 गजलको सङ्गीतसँग अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । गजल लयबद्ध हुन्छ । कुनै न कुनै छन्दमा बन्द हुनु गजलको विशेषता हो । लयबद्धताको विशेषताले नै गजलमा सङ्गीतात्मकताको पुट पाइन्छ । वास्तवमा सङ्गीत गजलको गहना हो । शास्त्रीय सङ्गीत र गजलका बीच तादात्म्य सम्बन्ध रहेको हुन्छ । वस्तुतः शास्त्रीयता गजल सृजन र गायन दुवैका लागि अपरिहार्य मानिन्छ । गजल विभिन्न राग र तालमा गाइन्छ । यसमा स्वर, तार र ताल तीनै प्रकारका वाद्यको प्रयोग हुन्छ । शास्त्रीय सङ्गीतको आधारभूत ज्ञानविना गजल गाउने साहस गर्नु नजानीकनै रहमा पौडी खेल्न हाम फाल्नुजस्तै हुन्छ । यर्सथ गजल लेख्ताखेरि गेयता र सङ्गीतात्मकताप्रति ध्यान पुग्नु आवश्यक हुन्छ । यद्यपि सङ्गीत गजल गायनका सर्न्दर्भमा अपेक्षित अनिवार्य तत्त्व हो तापनि यसमा सङ्गीतको भन्दा शब्दको महत्त्व बढी हुन्छ ।
 गजल शेरहरूको समष्टि रूप हो, जुन मतलादेखि मकता वा अन्तिम शेरसम्म एउटै बहरमा आबद्ध हुन्छ  । इस्लामिक काव्यशास्त्रका शास्त्रीय नियम र मान्यताहरूलाई पालना गरेर संरचना गरिने हुनाले गजलको रूपपक्षमा परिष्कारवादको टड्कारो प्रभाव पर्दछ । गजलका शेरहरूमा कलाको उत्कृष्टता र भावको उच्चता र्सवथा अपेक्षित हुन्छ । अन्दाजेबयाँ -अभिव्यक्ति कौशल) र तगज्जुल -चोटिलो र चमत्कारपूर्ण उक्ति) को यस विधामा विशेष महत्त्व रहन्छ । उस्ताद ख्वाव अकबराबादीको भनाइमा कुनै भाव वा विचारलाई बहर विशेषमा आबद्ध गरी शेरहरू सृजना गर्दैमा त्यस्तो भाव वा विचार यदि तगज्जुलहीन छ भने गजलको शेर बन्न सक्दैन, बरू त्यो त गीत वा कविता बन्न पुग्दछ ।
 गजल गुरुशिष्य परम्परासँग सम्बन्धित काव्यिक विधा हो । निःसन्देह प्रतिभा प्रमुखतः प्रकृत्रि्रदत्त गुण हो । तर गजलको बारेमा सैद्धान्तिक ज्ञान आर्जनका लागि तथा शैली, शिल्प र कला सिक्ने क्रममा गुरुको आवश्यकता पर्दछ । यही कुरो हफीज जालन्धरीले आफ्नो एक शेरका माध्यमबाट यसरी भनेका छन्-
 शाइरी तो तबए मौजूँ पर मुनसर है हफीज
 सीखने को फन जरूरत है मगर उस्ताद की
 गजल शिर्षकहीन हुन्छ । नबुझ्नेहरूले वा बुझेर पनि प्रयोग गर्न चाहनेहरूले गजलमा पनि शिर्षक राख्ने गरेको पाइन्छ । वस्तुतः गजल त्यस्तो काव्य विधा हो जसका प्रत्येक शेरहरू कलापक्षका दृष्टिले एकआपसमा आबद्ध हुन्छन् तापनि भावपक्षका दृष्टिले पूर्णतः स्वतन्त्र वा स्वायत्त हुन्छन् । गजलको आफ्नै सिङ्गो भाव, विचार वा विषयवस्तु हुँदैन । यर्सथ एउटा गजलमा जतिवटा शेर छन् त्यति नै पृथक् पृथक् भावयुक्त कथ्य
हुन्छन् । शिर्षक त्यस्तो तत्त्व हो जसले कुनै पनि लेख, रचना वा कृतिविशेषको समग्र भावलाई एकमुष्ठ रूपमा  इङ्गित गरेको हुन्छ । हरेक शेर स्वतन्त्र हुने भएकाले कुनै पनि गजल एउटै मात्र भाव वा कथ्यमा समेटिएको हुँदैन । अतः  गजललाई कुनै एउटा मात्र शिर्षकमा बाँध्नु उचित मानिँदैन । गजललाई गजलका अतिरिक्त अन्य कुनै शिर्षक दिनु भनेको कविता वा गीत बनाउन खोज्नु मात्र हो । गजललाई गजल नै भन्नर्ुपर्छ । यो परम्परादेखि नै चल्दै आएको चलन हो र काव्यशास्त्रीय मान्यता पनि हो ।
 गजलका मौलिक छन्द अर्थात् बहरमा रचिएका सबै रचना गजल नै हुन्छन् वा हुन् भन्न सकिन्न । उदाहरणार्थ हामी लेखनाथ पौड्यालको दशैँ शिर्षकको कविता र गोपालप्रसाद रिमालको जङ्गी निशान हाम्रो शिर्षकको राष्ट्रिय गीतलाई लिन सक्दछौँ । यी दुवै रचना गजलका सूत्रमा लेखिएका छन् तापनि गजल होइनन् । हेरौँ, यी रचनाका केही पङ्क्तिः
 हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा
 भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा

 जता जाऊँ उतै भन्छन् दशैँ आयो, दशैँ आयो
 यही आनन्द चर्चाले  सबै सङ्कष्ट  बिर्सायो
  - लेखनाथ पौड्याल -दशैँ)
 यो कविता गजलमा अत्यधिक प्रयोग हुने बहरे हजज मुसम्मन सालिमको  मफाईलुन् ह ४ -क्ष्क्क्क् ह ४) सूत्रमा लेखिएको छ ।
 रातो र चन्द्र र्सर्ूय जङ्गी  निशान  हाम्रो
 जिउँदो रगतसरी यो बल्दो यो शान हाम्रो

 यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए
 साम्राज्य दुइ हारे हारेन शान हाम्रो
 - गोपालप्रसाद रिमाल -जङ्गी निशान हाम्रो)
 यो गीतिकविता पनि गजलमा बढी प्रचलित बहरे मुजारे अखरब सालिम मुसम्मनको मुस्तफ्इलुन् फऊलुन् ह २ -क्क्क्ष्क् ं क्ष्क्क् x २) सूत्रमा लेखिएको छ ।
 हिन्दी उर्दूजस्ता भाषाहरूमा यसरी गजलका बहरमा लेखिएका कविताहरू प्रशस्त पाइन्छन् ।
१.२ गजल शब्दको व्युत्पत्ति, अर्थ र परिभाषा
 गजल शब्दको उद्गम भाषिक भूमि अरबी हो । यो स्त्रीलिङ्गी शब्द हो । मनु व्राजाकीका अनुसार ग±ज± अल पदहरूको यौगिक विधानबाट गजल शब्दको व्युत्पादन भएको हो । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी  र अल को अर्थ को वा सँग हुन्छ । यसरी नै डा. ताहिरा नैयरका अनुसार गजल शब्दको व्युत्पत्ति गैन, जि र लाम यी तीनवटा अरबी अक्षरहरूको मेलबाट भएको हो भन्ने उल्लेख  पनि पाइन्छ । गजल शब्दको व्युत्पत्ति  गजालाबाट भएको हो भन्ने अर्को मान्यता पनि छ । अरबीमा गजालाको अर्थ हरिण हुन्छ । हरिणको शावकलाई गजाला भनिन्छ । सिकारीको तीरले घायल भएको गजाला अर्थात् मृगशावकको सुरिलो स्वरलाई गजल भनिएको हो भन्ने भनाइ यस मान्यताका पक्षधरहरूको छ । एकथरीको भनाइ फेरि अर्कै छ । उनीहरूका अनुसार उहिल्यै अरबमा एकजना यस्ता शायर थिए,जसले आफ्नो जीवन नै मदिरापान र प्रेमगान गरेर बिताएका थिए । ती शायरको नाम नै गजल थियो । उनको देहावसानपश्चात् प्रेमविषयक रचनालाई उनकै नामको स्मृतिमा गजल भन्न थालियो । गजल शब्दको व्युत्पत्ति संस्कृतको कज्जल शब्द अपभ्रंश भएर भएको हो भन्नेहरू पनि छन् । यसरी नै अङ्ग्रेजी शब्द नGazellजसको अर्थ हुन्छ अफ्रिका वा एसियामा पाइने एक प्रकारको हरिण, अपभ्रंश भएर गजल शब्द बनेको पनि हुनसक्ने तर्क गजलकार देवी पन्थीको रहेको छ ।
 गजलको शाब्दिक अर्थ प्रेमिका वा स्त्रीसँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णनगर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको कोशीय अर्थ वाजनान गुफ्तगु करदन हो, जसको अर्थ हुन्छ नारीका कुरा । यसको पुरातन साहित्यिक अर्थले भने मूलतः प्रणयविषयक काव्यको एक प्रभावकारी विधा वा भेदलाई बुझाउँछ । वस्तुतः प्रेमिकासँगको प्रणयवार्तालाई अधिकांशले गजलको मुख्य अर्थ र प्रमुख कथ्य विषयका रूपमा लिएको पाइन्छ । हिन्दी गजलगायक राजेन्द्र मेहताको भनाइमा गजल प्रेमिकासँग भलाकुसारी गर्ने एक कला हो । परन्तु केही विद्वान्हरूको तार्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तार्त्पर्य प्रणयप्रधान गीत हुन्छ । कसैकसैले त गजलको खास अर्थ नै प्रेम हो भन्ने आग्रह समेत गरेको पाइन्छ । यसरी नै धागोको तानलाई गजलको अर्थका  रूपमा लिएको पनि पाइन्छ । निष्कर्षः रुढ अर्थका दृष्टिले प्रेम र नारीसँग गजलको गहिरो र निकट सम्बन्ध रहेको तथ्यलाई भने स्वीकार गर्नै पर्ने हुन्छ ।
१.२.१ गजलको कोशीय अर्थ
 नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका अनुसार विशेषतः प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता गजल हो ।
 नेपाली शब्दसागर -वसन्तप्रकाश शर्म्मा नेपाल) का अनुसार शृङ्गार वा प्रेमप्रसङ्गको कविता, कुनै छन्दबद्ध नभई अन्तिम तुक मात्र हुने श्रृङ्गारिक कविता गजल हो ।
 प्रयोगात्मक नेपाली शब्दकोश -प्र .सं हेमाङ्गराज अधिकारी)का अनुसार प्रेमलाई विषय बनाएर लेखिने एक प्रकारको कविता, श्रृङ्गारिक कविता, फारसी छन्दको एक प्रकारको कविता गजल हो ।
 नेपाली शब्दभण्डार -डा.नरेन्द्र चापागाईं)का अनुसार एक प्रकारको गाउन हुने कविता, लय हालेर गाउने र कवित्व समेत भएको पद्य रचना, आफ्नै किसिमको विशिष्ट गेय रचना गजल हो ।
 बृहत् नेपाली शब्दकोश – -पं.हर्षाथ शर्मा) का अनुसार प्रायः शृङ्गार रसका कविता लेखिने फारसी छन्द, त्यस छन्दमा लेखिने कविता गजल हो ।
 Nepali – Nepali English Dictionary -पारसमणि प्रधान, नगेन्द्रमणि प्रधान) का अनुसार  गजल एक प्रकारको फारसी वा उर्दू छन्द, प्रेम गीत हो ।
 ज्ञानमण्डल लि. वाराणसीबाट प्रकाशित बृहत् हिन्दी शब्दकोशअनुसार गजलको अर्थ यस्तो छ – फारसी)उर्दूमा मुक्तक काव्यको एक भेद, जसको प्रधान विषय प्रेम हुन्छ ।
 उर्दू हिन्दी शब्दकोश -सं. मोहम्मद मुस्तफा खाँ “मुद्दाह”)का अनुसार गजलको अर्थ यस्तो छ, प्रेमिकासँग कुराकानी, उर्दू फारसी कविताको एक प्रकार विशेष, जसमा प्रायः पाँचदेखि एघार शेर हुन्छन् । सबै शेर एकै प्रकारका  रदिफ र काफियामा हुन्छन् र हरेक शेरको कथ्यविषय फरक फरक हुन्छ ।
 उर्दू हिन्दी कोश -शब्दलोक प्रकाशन वाराणासी) मा गजल फारसी र उर्दूमा एक प्रकारको कविता हो, जसमा एउटै वजन र काफियाका  अनेक शेर हुन्छन् र प्रत्येक शेरको विषय प्रायः एकअर्कासँग स्वतन्त्र हुन्छ भनिएको छ ।
 नालन्दा विशाल शब्दसागर -सं. श्रीनवलजी) अनुसार गजल फारसी र उर्दूमा शृङ्गार रसको कविता हो ।
 मराठी शब्दरत्नाकर -वासुदेव गोविन्द आप्टे) अनुसार गजलको अर्थ फारसी प्रेमकाव्यको एक विधा हुन्छ ।
 मराठी व्युत्पत्ति कोश -कृ. पा. कुलकर्णी)मा गजलको अर्थ यस्तो दिइएको छ – काव्यको एउटा विशिष्ट विधा, वृत्त विशेष, प्रेमविषयक कविता, फारसी छन्दमा लेखिएको यमकप्रधान प्रेमगीत ।
 Encyclopaedia Britanica (Philip W. Goetz, Editor –in –Chief) का अनुसार- Ghazal in Islamic literature, genre या lyric poem, generally short and graceful in from and typically dealing with themes of love .
टिप्पणीः
 नेपाली बृहत् शब्दकोश -ने.रा. प्र.प्र.) तथा बृहत् नेपाली शब्दकोश -पं. हर्षाथ शर्मा) यी दुवैमा दिइएको गजलको अर्थ पूर्णतः अपूर्ण र भ्रमपूर्ण छ । गजललाई एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता मात्र भन्न मिल्दैन । गजल एउटा छन्द मात्र होइन । यो त काव्यको स्वतन्त्र विधा हो र यसका आफ्नै पचासभन्दा बढी छन्द अर्थात् बहरहरू प्रचलनमा छन् । यसरी नै नेपाली शब्दसागरमा दिइएको अर्थले पनि भ्रम सिर्जना  गरेको छ । यसमा गजललाई कुनै छन्दबद्ध नभई अन्तिम तुक मात्र हुने श्रृङ्गारिक कविता भनिएको छ । जब कि गजलमा बहर अनिवार्य तत्त्व मानिन्छ । बहर भनेको नै फारसी उर्दू अरूज -छन्दशास्त्र)ले निर्दिष्ट गरेको छन्द हो । शास्त्रीय बहरमा अर्कानको एकरूपता हुनै पर्छ अर्थात् वजन मिल्नै पर्छ । यदि गजल शास्त्रीय बहरमा लेखिएको छैन भने पनि मात्राको एकरूपता र त्यो पनि सम्भव नभए कम्तीमा पनि उच्चार्य अक्षर ९क्थििबदभि० को एकरूपता अपरिहार्य हुन्छ । वस्तुतः गजल कुनै न कुनै बहर वा छन्दमा बन्द हुनै पर्छ । अन्य धेरै शब्दकोशहरूमा गजललाई मूलतः प्रेम र शृङ्गारभाव व्यक्त हुने कविताको एउटा प्रकारका रूपमा लिइएको पाइन्छ । केही शब्दकोशहरूमा भने यसलाई काव्यको एउटा स्वतन्त्र अस्तित्वयुक्त विधाका रूपमा उल्लेख गरेको देखिन्छ । वस्तुतः गजललाई  प्रेमविषयक कविता वा प्रेमगीत मात्र भनेर पुग्दैन । आधुनिक गजल प्रणयकथ्य वा शृङ्गारको सङ्कर्ीण्ा घेरामा मात्र परिसीमित वा बन्धित पनि त छैन ।
 गजलको व्युत्पत्तिगत अर्थ, कोशीय अर्थ वा शाब्दिक अर्थ जेसुकै वा जस्तोसुकै होस्, परन्तु आज यसको साहित्यिक अर्थ भने पृथक् अस्तित्वयुक्त, अत्यन्त लोकप्रिय काव्यविधा बन्न पुगेको छ । प्रेम र शृङ्गारमा मात्र कुण्ठित नभएर सृष्टिको समग्रतालाई आफूभित्र समाहित गर्दै जीवनका दुःखदर्द र समाजको वास्तविक यथार्थ्य प्रतिविम्बनको ऐना बनेर उपस्थित हुन सक्ने सामर्थ्य आजको गजलमा रहेको छ ।
१.२.२ परिभाषाः
 हिन्दीका सुप्रसिद्ध समालोचक डा. नगेन्द्रका अनुसार गजल उर्दूको र्सवाधिक प्रसिद्ध र सरस भेद हो । यसको स्थायी भाव प्रेम हो जसमा रहस्यानुभूति, मस्ती, मदिरापानको मजा, धार्मिक व्रि्रोह आदि भावनाहरू सञ्चारीरूपमा ओतप्रोत हुन्छन् । विषय अनुरूप यसको एक विशिष्ट काव्यरूप पनि छ जुन मतला, मक्ता, जिरह, काफिया र रदिफमा परिवद्ध रहन्छ ।
 डा. नरेशका अनुसार गजल काफिया, रदिफको बन्धनमा रहेर एक लयखण्डमा रचिएको विभिन्न शेरहरूको माला हो, जसको पहिलो शेर मतला र अन्तिम शेर मकता
हुन्छ ।
 डा. सरदार मुजावरका अनुसार मनका भावलाई शेरहरूका माध्यमबाट अभिव्यक्त गर्ने कलाको नाम गजल हो । जुन रचनामा मतला, रदिफ काफिया र मकताको सफल निर्वाह गरिएको हुन्छ त्यस रचनालाई गजल भनिन्छ ।
 जहीर कुरेशीका दृष्टिमा गजल एक यस्तो काव्यविधा हो जसमा अनेक विषयमा टुक्राटुक्रा संवाद हुन्छन् । यसका हरेक शेरले आफ्नो स्वतन्त्र अस्तित्व राख्छन् र हरेक स्वतन्त्र शेरमा एक स्वतन्त्र चिन्तन प्रक्रिया हुन्छ ।
 ज्ञान प्रकाश विवेक भन्छन्, दुइ मिसराको सबैभन्दा सजिलो र सबैभन्दा कठिन विधा हो गजल । गजल मुड-मानसिक भाव) र मिजाज-गुण) को नाम हो । जुन गजल गजलको मुड र मिजाजले रहित छ त्यो गजल हुनै सक्दैन ।
 त्रिलोचन शास्त्रीका अनुसार गजल काव्यको एक विधा हो । गेयता यसको र्सत
हो । गजल गीतजस्तै गाइन्छ पनि । तर गीत र गजलमा भारी अन्तर छ । गीतमा कुनै एउटै विषय वा भावस्थिति रहन्छ भने गजलका प्रत्येक शेर स्वतन्त्र हुन्छन् ।
 भवानी शंकरका दृष्टिमा गजल एक छन्दबद्ध स्वतन्त्र काव्यविधा हो ।
 डा.गणेशदत्त सारस्वतको भनाइमा गजल अनुभूतिको तीव्रता एवम् सङ्गीतात्मकताले युक्तयस्तो काव्यविधा हो जसमा जीवनका यथार्थलाई प्रतीक एवम् विम्बहरूका माध्यमबाट सामाजिक व्यवहारको भाषामा प्रस्तुत गरिन्छ ।
 डा.हनुमन्त नायडूका अनुसार गजल मानवमनका पीडालाई वाणी दिने गेयकाव्यको एक लोकप्रिय विधा हो जसमा थोरै शब्दका माध्यमबाट कुनै पनि कुरा अत्यन्त प्रभावशाली रूपमाअभिव्यक्त गर्ने क्षमता हुन्छ । साथै जुन प्रारम्भमा केवल नारीसँग सम्बन्धित थियो तर आजसमकालीन जीवनसँगसमरस भइसकेको छ ।
 डा.रमा सिंहका अनुसार गजल मनका भावना अभिव्यक्त गर्ने त्यस्तो सशक्त विधा हो  जसका प्रत्येक शेरले एउटै बहरमा बाँधिएर पनि आफ्नो स्वतन्त्र अस्तित्व राख्छन् ।
  निर्दोष हिसारीका अनुसार अभिव्यक्तिका अन्य विधाहरूसरह गजल पनि एक विधा हो, वास्तवमा यो सशक्त विधा हो । गजलमा भावको सघनता अन्य विधाहरूको अपेक्षा अधिक हुन्छ । पारम्परिक अर्थमा गजल प्रेमी प्रेमिकाबीचको प्रणयवार्ता मानिन्छ । तर अब गजल यस लक्ष्मणरेखाबाट पार भइसकेको छ ।
 डा. कृष्णहरि बरालका अनुसार भाव, कल्पना, विम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रूपलाई गजल भनिन्छ जसमा एउटै छन्दका तीन वा तीनभन्दा बढी स्वतन्त्र शेरहरू हुन्छन् ।
 ललिजन रावलका अनुसार गजल भनेको कोमल र हार्दिक भावको सशक्त र सङ्क्षिप्त अभिव्यक्ति हो । यसमा काफिया र लय अनिवार्य तत्त्वका  रूपमा रहन्छन् । आधुनिकताका नाममा यी दुइ तत्त्वलाई बिर्सन र बिगार्न मिल्दैन ।
 रवि प्राञ्जलका अनुसार निश्चित संरचनामा रचित, मूलतः लय र सङ्गीतको जगमा ठडिएको एउटा यस्तो काव्य विधा हो गजल- जसका प्रत्येक शेरमा भावको पूर्णता, कोमलता, हार्दिकता, सङ्क्षिप्तता, अभिव्यक्ति-कुशलता जस्ता तत्त्वहहरू निहित रहन्छन् ।
 टीकाराम उदासीका अनुसार विलक्षण शैलीमा तीव्र भावको विन्यास वा विषयको केन्द्रीयतामा भएको सरल, सुकोमल, सङ्क्षिप्त र प्रभावकारी पङ्क्तिपुञ्जहरूद्वारा निर्मित एक किसिमको गेयात्मक, लयात्मक पद्य संरचना गजल हो ।
 जगदीश शमशेर राणाको परिभाषा भने अलि पृथक् छ । उनी गजल कविताको गाजल हो भन्दछन् ।
 श्रेष्ठ प्रिया पत्थरका अनुसार गजल मानवहृदयको कोमल, काव्यात्मक तथा सङ्गीतात्मक अभिव्यक्ति हो जसमा शाब्दिक अलङ्कारभन्दा बढी मनका भावुकता सङ्लो पानीझैँ प्रवाहित हुने गर्छन् ।
 गोपाल अश्कका अनुसार गजल आफैमा एउटा कठोर अनुशासनपद्धति र काव्यसिद्धान्त बोकेको स्वतन्त्र काव्यविधा हो जसमा विषयगत विविधता र मानवमनका हरेक लहरलाई समेट्ने कला सन्निहित हुन्छ । …मानवमनका व्यथा, कथा र भोगाइलाई कलात्मक र आकर्ष ढङ्गले प्रस्तुतीकरण गर्न सक्ने साहित्यिक विधा गजल हो जसको आफ्नै मीमांसा रहेको छ ।
 देवी पन्थीका अनुसार प्रारम्भमा गजल शब्दको परिभाषा वा अर्थ जेजस्तो भए पनि वर्तमानमा यो साँगुरो घेराबाट मुक्त भएर देश, समाज र समय कालको प्रतिविम्ब बोक्ने एउटा लयालु, लोकप्रिय, मितव्ययी, सूक्ष्म, कलात्मक पद्यविधा बनेको छ ।
 अमर त्यागीको कथनअनुसार  गजल कोमल भावना र पदपदावलीयुक्त क्लासिकल काव्यविधा हो । गजलमा मानवीय संचेतना र संवेदनाका बहुरङ्गी भावानुभूतिलाई अभिव्यक्त गरिन्छ । यो स्वतन्त्र र गेयगुणयुक्त साहित्यिक पद्यविधा हो ।
 श्यामप्रसाद न्यौपानेका अनुसार गजल बाहृयान्तरिक अनेक तत्त्वबाट संरचित
हुन्छ । बाहृयतत्त्वमध्ये काफियालाई अनिवार्य तत्त्व मानिन्छ । थोरै शब्दमा धेरै भावको अभिव्यक्तिका लागि उक्तिवैचित्र्यको समुचित निर्वाह भएको हुनुपर्दछ । यसको अभिव्यक्ति सौदामिनीले पार्ने प्रभावझैँ तीव्र र तीक्ष्ण हुनर्ुपर्छ । विद्युताग्नि झुल्किएर हराइसकेपछि पनि आँखामा तिरिमिरी बाँकी रहेझैँ गजल गायन वा वाचन गरिसकेपछि पनि मनमा प्रभाव पारिरहेको हुनुपर्छ । शब्द र कसिलो भावको अत्यन्तै सचेत संयोजन गजलमा हुनर्ुपर्दछ । यसो भनूँ, गजल गजल हो ।
 रमेश र्समर्थनका अनुसार  गजल एक गेयताधर्मी तीव्रसंवेद्य विधा हो जसका स्वतन्त्र र विशिष्ट तत्त्वहरू हुन्छन् । निश्चित संरचनात्मक ढाँचा, चोटिलो र मर्मस्पर्शी अभिव्यक्ति, शीघ्रसंप्रेष्यता, तीव्रसंवेदना, साङ्गीतिक लयात्मकता वा गेयात्मकता, भावगाम्भर्ीय, उच्चअर्थभारयुक्त शब्दप्रयोग, शाब्दिक स्वल्पता, शेरहरूको स्वतन्त्र अस्तित्व, उक्तिवैचित्र्य र सुन्दर कलात्मक विन्यास गजलका विशिष्टता हुन् । यिनीहरूले नै गजललाई प्रभावकारी, आल्हादकारी, हृदयस्पर्शी एवम् मनमोहक काव्यिक विधाका रूपमा स्थापित गर्दछन् ।
 केशव आमोदीका अनुसार शालीन, सुन्दर र सुकुमारशैलीमा काफिया-रदिफको अनुशासनमा रहेर बहरबद्ध गरी संरचना गरिने स्वतन्त्र काव्यविधा नै गजल हो ।
 सनत कुमारका अनुसार विशिष्ट शैलीमा रचिएको काव्यलाई गजल भनिन्छ । गजलको त्यो विशिष्टता गम्भीरता, जीवन्तता र लयात्मकताद्वारा लब्ध हुन्छ । विचार र चाहनाको गम्भीरता, अभिव्यक्तिको जीवन्तता र संरचनाको लयात्मकता, यिनै तीत तत्त्वहरूबाट गजल निर्मित हुन्छ । वास्तवमा ँग’ ँज’ ‘ल’ यी तीन वर्णनले गजलको यही त्रिगुणात्मकतालाई सङ्केत गर्दछन् ।
 रासाका अनुसार गजल गजल हो । यसलाई परिभाषित गरिरहनर्ुपर्छ जस्तो मलाई लाग्दैन । आजकाल गजल कुनै परम्परागत परिभाषाभित्र त सीमित छैन भन्देखिन् यसलाई अरू कुनै नयाँ परिभाषा दिइरहनु पनि त्यति जरुरी छैन ।
 पदम गौतमका अनुसार गजल एउटा कोमल विधा हो । यो गीतसँग लयको हिसाबले र कवितासँग चेतनाको हिसाबले नजिक हुन्छ ।
 निष्कर्षः बुद्धिभन्दा बढी हृदय पोखिएको, शब्दको मितव्ययिता, गेयता, भावको तीव्रता, शैलीको चमत्कारपूर्णता, सूक्तिमयता र आकृति सौष्ठव तथा गौरवपूर्ण अर्थको सहज व्यापकताले युक्त कुनै न कुनै एउटा बहरमा आद्यन्त आबद्ध, शुद्ध र सन्तुलित काफिया, रदिफआदिले सुसज्जित, वजन भङ्ग नभएका र स्वतन्त्र अस्तित्व भएका प्रभावकारी शेरहरूको समष्टि रूप गजल हो ।
ल ल ल
गजलका बहर र पिङ्गल छन्दको तुलना
 बहर अरबी स्त्रीलिङ्गी शब्द हो । गजल संरचनार्थ यो अपरिहार्य तत्त्व मानिन्छ । गजल मूलतः क्लासिकल -परिष्कारपूर्ण) र टेक्निकल-प्राविधिक) साहित्य र सङ्गीतसँग सम्बन्धित काव्यविधा हो । यसको संरचना आधुनिक गीत-कविताजस्तै सहज र मुक्त शैलीमा हुन सक्दैन । वस्तुतः बहर गजलको सर्वोच्च अनुशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रीय मान्यता हो । संस्कृत वाङ्मयमा अनेकानेक वाणिर्क र मात्रिक पिङ्गल छन्दहरू भएझैं इस्लामिक काव्यशास्त्रमा पनि वर्णनत्रामा आधारित अनेक शास्त्रीय बहरहरू छन् जुन बहरहरूमध्ये कतिपय बहरहरू संस्कृतका पिङ्गल छन्दहरूसँग दुरुस्तै मिल्नेखालका छन् भने कतिपय निकै सन्निकट देखिन्छन् । सुरुमा अरबीमा यस्ता बहरहरूको सङ्ख्या अत्यन्त न्यून थियो । विद्वानहरूले अरबीमा पन्ध्रओटामात्र बहरहरूको व्यवस्था गरेका थिए । फारसीमा यसको सङ्ख्यात्मक विस्तार भएको पाइन्छ । उर्दूमा फारसीमा भन्दा पनि बढी बहरहरूको निर्माण भएको देखिन्छ भने हिन्दीमा त यसको सङ्ख्याले सयको सीमा पनि नाघेको छ ।
 फारसी र संस्कृत निकट सम्बन्ध भएका भाषा हुनाले छन्द र बहरका बीच नैकट्य देखिनु कुनै आर्श्चर्यको विषय हुँदैन । वस्तुतः इस्लामिक काव्यशास्त्रअर्न्तर्गतको फारसी उर्दू अरूज संस्कृतकै पिङ्गल छन्दशास्त्रबाट प्रभावित र विस्तारित एवम् विकसित भएको हो भन्दा फरक पर्दैन । केही संस्कृत परम्पराका पिङ्गल छन्द र फ।रसी उर्दूका समरूपी बहरहरू द्रष्टव्य छन् -
 यथा -
 पिङ्गल छन्द बहर
 १. भुजङ्गप्रयात  बहरे मुतकारिब मुसम्मन सालिम
 २. शङ्खनारी/सोमराजी  बहरे मुतकारिब मुरब्बा सालिम
 ३. भुजङ्गी  बहरे मुतकारिब मुसम्मन मजहुफ
 ४. इन्द्रवज्रा  बहरे मुतकारिब अस्लम मकबुज
 ५. स्रग्विणी  बहरे मुतदारिक मुसम्मन सालिम
 ६. विद्युन्माला  बहरे मुतदारिक मुसम्मन मक्तुअ
 ७. महालक्ष्मी  बहरे मुतदारिक मुसद्दस सालिम
 ८. प्रमदानन  बहरे कामिल मुसम्मन सालिम
 ९. संयुक्ता  बहरे कामिल मुरब्बा सालिम
 १०. विमोहा  बहरे मुतदारिक मुरब्बा सालिम
 ११. ताटङ्क  बहरे मुतदारिक मकतुअ महजुफ
 १२. चन्द्र  बहरे मुतदारिक मुसम्मन महजुफ
 १३. द्रुता  बहरे मुतदारिक मुजाहिफ
 १४. दिक्पाल  बहरे मुजारे मुसम्मन अखरब
 १५. पञ्चचामर  बहरे रजज मुसम्मन मकबुज
 १६. मधुमालती  बहरे रजज मुरब्बा सालिम
 १७. हरिगीतिका  बहरे रजज मुसम्मन सालिम
 १८. रूपमाला  बहरे रमल मक्तुअ महजुफ
 १९. मेनका/गीतिका  बहरे रमल मुसम्मन महजुफ
 २०. माधवमालती  बहरे रमल मुसम्मन सालिम
 २१. मनोरम  बहरे रमल मुरब्बा सालिम
 २२. पीयूषराशि  बहरे रमल मुसद्दस मकफूफ
 २३. मालिका  बहरे रमल मुरब्बा बहजुफ
 २४. विजात  बहरे हजज मुरब्बा सालिम
 २५. चामर/तूणक  बहरे हजज अस्तर मकबुज
 २६. सुमेरु  बहरे हजज मुसद्दस महजुफ
 २७. विधाता   बहरे हजज मुसम्मन सालिम
 २८. तोटक   बहरे हजज अखरव अवतर मुसद्दत
 २९. सिन्धु  बहरे हजज मुसद्दस सालिम
 ३०. दिगम्बरी   बहरे हजज मुसम्मन महजुफ
 ३१. पीयूषवर्ष  बहरे हजज मुसद्दस महजुफ
 ३२. प्रमाणिका  बहरे हजज मुरब्बा मकबुज
 खोज्दै जाँदा पिङ्गल छन्द र गजलका बहरहरूमा अरू पनि धेरै समता पाउन सकिन्छ ।
 शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न, अर्कानहरूको ज्ञानका साथै बहरहरूको समेत यथेष्ट जानकारी हुनु आवश्यक छ । यहाँ यसै कुरालाई ध्यानमा राखेर रुक्न, अर्कान र बहरहरूको चर्चा गर्ने प्रयास भएको छ ।
अ) रुक्नः
 रुक्न गणको पर्यायवाची शब्द हो । यसको शब्दकोशीय अर्थ खम्बा हुन्छ । संस्कृत परम्परामा पिङ्गल छन्दका लागि भ-s।।), ज-।s।), स-।।s), य-।ss), र-s।s), त-ss।), म-sss), न-।।।), जस्ता आठओटा गण छन् । यी गणहरूलाई निम्न लिखित तालिकाबाट स्पष्ट पार्न सकिन्छ ।
 गण तालिका
 गण गणसङ्केत मात्रा उदाहरण
 भगण s।। २११ – गुलल केशव
 जगण ।s। १२१ – लगुल किताब
 सगण ।।s ११२ – ललगु नगरी
 यगण ।ss १२२ – लगुगु किनारा
 रगण s।s २१२ – गुलगु माधवी
 तगण ss। २२१ – गुगुल बेताल
 मगण sss २२२ – गुगुगु वैदेही
 नगण ।।। १११ – ललल कमल
 छन्दशास्त्रमा ह्रस्वलाई लघु र दीर्घलाई गुरु भनिन्छ । माथि मात्रा सङ्केतमा ‘ल’ ले लघु वा ह्रस्वलाई र ‘गु’ ले गुरु अर्थात् दीर्घलाई बुझाएका छन् । यही नियम रुक्नहरूमा पनि लागु हुन्छ ।
 संस्कृतमा गणले छन्द निर्माणमा जसरी भूमिका खेल्दछन् त्यसरी नै रुक्नले बहर निर्माणमा भूमिका खेल्दछन् । बहरका रुक्नहरू निम्नअनुसार छन् । यथाः
रुक्न   सङ्केत मात्रा शब्द -उदाहरण)
१. मफाईलुन्  ।sss १,२,२,२ -ल.गु.गु.गु) यता हेर्‍यो
२. मुस्तफ्इलुन्  ss।s २,२,१,२ -गु.गु.ल.गु) के के भयो
३. फाइलातुन्  s।ss २,१,२,२ -गु.ल.गु.गु) आज मेरो
४. फऊलुन्  ।ss १,२,२,  -ल.गु.गु) उज्यालो
५. फाइलुन्  s।s २,१,२    -गु.ल.गु) जिन्दगी
६. मुतफाइलुन्  ।।s।s १,१,२,१,२ -ल.ल.गु.ल.गु) कसरी तिमी
७. मुफाइलतुन्  ।s।।s १,२,१,१,२ -ल.गु.ल.ल.गु) सुनाइरहेँ
८. मफ्ऊलातु  sss। २,२,२,१ -गु.गु.गु.ल.) कालो रात
 यी रुक्नहरूमध्ये फऊलुन् र फाइलुन् तीन अक्षर र पाँच मात्राका छन् भने अरू सबै सात मात्राका छन् ।
आ) अर्कानः
 रुक्नहरूको मेललाई अर्कान भनिन्छ । यिनै अर्कानहरूको संयोजनबाट बहरहरूको निर्माण हुन्छ । फारसी उर्दू इल्मे अरूज -वृत्तशास्त्र) ले गजल संरचनार्थ अनेकौँ बहरहरू निर्दिष्ट गरेको छ । झन्डै पचासओटा बहर गजल निर्माणका लागि तोकिएका छन् । गजलका सबै बहरहरूलाई मुख्यतः तीन किसिमले वर्गीकरण गरिएको छ ।
१. मुफरद बहर -मूल छन्द)
२. मुरक्कब बहर -मिश्रति छन्द)
३. मुजाहिफ बहर -परिवर्तित छन्द)
मुफरद बहरः
 एउटै रुक्नको आवृत्तिबाट बन्ने बहरलाई मुफरद बहर भनिन्छ । यसअर्न्तर्गत हजज, रजज, रमल, मुतकारिब, मुतदारिक, कामिल, वाफिर, नामक सातओटा बहरहरू पर्दछन् । यिनका पनि निम्नलिखित तीनतीनओटा भेद छन् -
१) मुसम्मन सालिम – एउटा मिसरा एउटै रुक्नका चार अर्कानबाट बनेको छ भने त्यसलाई मुसम्मन सालिम भनिन्छ ।
२) मुसद्दस सालिम – एउटा मिसरा एउटै रुक्नका तीन अर्कानबाट बनेको छ भने त्यसलाई मुसद्दस सालिम भनिन्छ ।
३) मुरब्बा सालिम – एउटा मिसरा एउटै रुक्नका दुइ अर्कानबाट बनेको छ भने त्यसलाई मुरब्बा सालिम भनिन्छ ।
 यसरी मुफरद बहरका मुख्य सात र तिनका भेदहरूसहित एक्काईस प्रकार छन् । यहाँ यी बहरहरू र यिनीसँग हुबहु मिल्ने संस्कृतका पिङ्गल छन्दहरू प्रस्तुत छन् । जस्तै -
१.क) बहरे हजज मुसम्मन सालिम – मफाईलुन् -।sss x ४) -पिङ्गल छन्द-विधाता)
 । s s s    । s s s    । s s s    । s s s
 यता हेर्‍यो/यतै मेरा /नजरमा रा/म प्यारा छन्
 उता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन्
  - मोतीराम भट्ट
 छ भित्री चाहना अर्कै यहाँ अर्कै बहाना छन्
 नयाँका मात्र संज्ञा छन् यहाँ जे छन् पुराना छन्
  - गोविन्दराज विनोदी
  ख) बहरे हजज मुरब्बा सालिम – मफाईलुन् -। s s s x २) -पिङ्गल छन्द-विजात)
 । s s s     । s s s
 कतै टाढा/ नजाऊ है
 मनैमा यो थुनेको छु
  - सरोज काफ्ले -अधरामृत)
२.क) बहरे रजज मुसम्मन सालिम – मुस्तफ्इलुन् -ss।s x ४) -पिङ्गल छन्द-हरिगीतिका)
 s s । s  – s s । s  – s s । s  – s s । s
 चल्दैन पा/नी भन्दछौ/ यो के कुरा/ हो जान्दिनँ
 जाती र पाती  र्व्यर्थको  संस्कार  मैले  मान्दिनँ
  - सरोज काफ्ले -अधरामृत)
३.क) बहरे रमल मुसम्मन सालिम – फाइलातुन् -s।ss x ४) -पिङ्गल छन्द-माधवमालती)
 s । s s   -   s । s s   -   s । s s   -   s । s s
 भावनाको /मूल्य के हो /बुझन खोज्छन्/ दुष्ट मान्छे
 कल्पनाको अर्थ के हो जान्न खोज्छन् रुष्ट मान्छे
  - डा. घनश्याम परिश्रमी
 याद आयो फेरि त्रि्रो आँसु छल्क्यो भो नजाती
 प्यारले यस्तो गरायो कल्पिराखेँ धेर राति
  - सरोज काफ्ले -अधरामृत)
  ख) बहरे रमल मुसद्दस सालिम – फाइलातुन् -s।ss x ३)
 s । s s   -   s । s s   -   s । s s
 जून चुहेको/ रात मलाई/ राम्रो लाग्छ
 हर्षो बर्सर्ाामलाई राम्रो लाग्छ
  - डा.घनश्याम परिश्रमी -जून चुहेको रात)
४.क) बहरे मुतकारिब मुसम्मन सालिम – फऊलुन् -।ss x ४) -पिङ्गल छन्द-भुजङ्गप्रयात)
 । s s  -  । s s  -  । s s -  । s s
 इ सानै /उमेर्दे/खि मन हर्/न लागे
 यिनै सुन्दरीले  जुलुम गर्न लागे
  - मोतीराम भट्ट
 कटारी तिमी धस्तछ्यौ मुख लुकाई
 म बस्छु हरे झ् चित्तलाई फर्साई
  - शम्भुप्रसाद ढुङ्गेल
 जमेको थियो दिल पगाल्यो कसैले
 मलाई  उतै तान्न थाल्यो कसैले
  - घनश्याम “परिश्रमी”
  ख) बहरे मुतकारिब मुरब्बा सालिम – फऊलुन् -।ss x २) -पिङ्गल छन्द-शङ्खनारी)
 । s s -  । s s
 तिमी सा/मु आयौ
 उज्यालो बनायौ
  - डा.घनश्याम परिश्रमी
५.क) बहरे मुतदारिक मुसम्मन सालिम – फाइलुन् -s।s x ४) -पिङ्गल छन्द-स्रग्विणी)
 s । s    s । s    s । s    s । s
 याद आ/यौ तिमी /चाँदनी/ रातमा
 मुस्कुरायौ तिमी चाँदनी रातमा
  - गोविन्दराज विनोदी
 प्रेमको स्वाद चाखेर आयौ तिमी
 जिन्दगी दाउ राखेर आयौ तिमी
  - डा.घनश्याम “परिश्रमी”
 प्यासले तड्पिदा के थियो साथमा -
 भोकको झोकमा के थियो साथमा -
  - गोर्खे साइलो -मुस्कान)
  ख) बहरे मुतदारिक मुसद्दस सालिम – फाइलुन् -s।s x ३) -पिङ्गल छन्द-महालक्ष्मी)
 s । s    s । s    s । s
 आज मा/टो दुखे/को छ है
 रोग पक्कै लुकेको  छ है
  - डा.घनश्याम परिश्रमी
  ग) बहरे मुतदारिक मुरब्बा सालिम – फाइलुन् -s।s x २) -पिङ्गल छन्द-विमोहा)
 s । s    s । s
 प्यारमै/ हेलिएँ
 हारमै जेलिएँ
  - गोर्खे साइँलो -मुस्कान)
६.क) बहरे कामिल मुसम्मन सालिम – मुतफाइलुन् -।।s।s x ४) -पिङ्गल छन्द-प्रमदानन)
 । । s । s      । । s । s      । । s । s      । । s । s
 यतिसम्म  प्री/ति  गरी गरी/ न यता भएँ /न उता भएँ
 न त मन लिएँ न त दी दिएँ न यता भएँ न उता भएँ
  - मोतीराम भट्ट
ख) बहरे कामिल मुरब्बा सालिम – मुतफाइलुन् -।।s।s x २) -पिङ्गल छन्द-संयुता)
 । । s । s      । । s । s 
 तिमीलाई प्रिये/ कति धाउनू
 कसरी हो दर्शन पाउनू    
  - डा.घनश्याम परिश्रमी
 ज्ञातव्य – आठौँ रुक्न अर्थात् मफ्ऊलातु -sss।) को मात्र आवृत्ति -अर्कान) बाट कुनै पनि बहर बन्दैन । यो रुक्न मुरक्कव तथा मुजाहिफ बहरहरूमा जोडिएर प्रयोग हुन्छ ।
मुरक्कब बहर -
 भिन्नभिन्न रुक्नका अर्कान मिलेर बन्ने बहरलाई मुरक्कव बहर भनिन्छ । यसअर्न्तर्गत मुन्सरेह, मुक्तजिब, मुजारे, खफीफ, वसित, मुजास, सरीअ, मुसाकील, जदीद, करीब, मदीद र तबील गरी बाह्रओटा बहरहरू पर्दछन् । मुरक्कब बहरको प्रयोग न्यून रूपमा भएको
पाइन्छ ।
र् उर्दू अरूजमा प्रमुख मुरक्कब बहरका रूपमा उपर्युल्लिखित १२ ओटामध्ये मुक्तजिब, जदीद, तवील, करीब, मदीद मुशाकिल र वाफिर बहरहरूको अत्यन्त कम प्रयोग हुन्छ । मुरक्कब बहरका रूपमा फारसीमा उपर्युल्लिखित १२ ओटा मात्र बहरहरू तोकिएका भए पनि उर्दू र हिन्दीमा फरकफरक मूल रुक्नहरूबाट बनेका अन्य बहरहरू पनि छन् । तर यस्ता बहरलाई मुरक्कव बहर नमानेर मुजाहिफ बहरअर्न्तर्गत राख्ने गरेको पाइन्छ । यस्ता कतिपय प्रचलनमा रहेका बहरहरू उदाहरणार्थ प्रस्तुत छन् । जस्तै-
 १) बहरे मुन्सरेह मुस्तफइलुन् ं मफ्ऊलातु -ss।s ं sss।) ह २
 २) बहरे मुक्तजिब मफ्ऊलातु ं मुस्तफ्इलुन् -sss। ं ss।s) ह २
 ३) बहरे मुजारे मफाईलुन्ंं फाइलातुन् -।sss ं s।ss) ह २
 ४) बहरे खफीफ फाइलातुन् ं मुस्तफ्इलुन् ं फाइलातुन् -s।ss ं ss।s ं s।ss)
 ५) बहरे बसित मुस्तफ्इलुन् ं फाइलुन् -s।ss ं s।s) ह २
 ६) बहरे मुजतस मुस्तफइलुन् ं फाइलातुन् -ss।s ं s।ss)
 ७) बहरे सरीअ मुस्तफ्इलुन् ं मुस्तफ्इलुन ंमफ्ऊलातु -ss।s ं ss।s ं sss।)
 ८) बहरे मुशाकिल फाइलातुन् ं मफाईलुनंमफाईलुन् -s।ss ं ।sss ं ।sss)
 ९) बहरे जदीद फाइलातुन् ं फाइलातुन् ंमुस्तफ्इलुन् -s।ss ं s।ss ं ss।s)
 १०) बहरे करीब मफाईलुन् ं मफाईलुन्ंफाइलातुन् -।sss ं ।sss ं s।ss)
 ११) बहरे मदीद फाइलातुन् ं फाइलुन् -s।ss ं s।s) ह २
 १२) बहरे तबील फऊलुन् ं मफाईलुन् -s।s ं ।sss) ह २
र्
उर्दू अरूजमा प्रमुख मुरक्कब बहरका रूपमा उपर्युल्लिखित १२ ओटामध्ये मुक्तजिब, जदीद, तवील, करीब, मदीद मुशाकिल र वाफिर बहरहरूको अत्यन्त कम प्रयोग हुन्छ । मुरक्कब बहरका रूपमा फारसीमा उपर्युल्लिखित १२ ओटा मात्र बहरहरू तोकिएका भए पनि उर्दू र हिन्दीमा फरकफरक मूल रुक्नहरूबाट बनेका अन्य बहरहरू पनि छन् । तर यस्ता बहरलाई मुरक्कव बहर नमानेर मुजाहिफ बहरअर्न्तर्गत राख्ने गरेको पाइन्छ । यस्ता कतिपय प्रचलनमा रहेका बहरहरू उदाहरणार्थ प्रस्तुत छन् । जस्तै-
१) बहरे रमल मुसम्मन महजुफ -पिङ्गल छन्द -मेनका/गीतिका) फाइलातुन् ह २ -फाइलुन् -s।ss) x ३ ं s।s)
 s । s s   s । s s   s । s s   s । s
 यस बखतमा/ प्रीति गर्नू /जालमा फस्/नू न हो
 आशमा  पर्नू त चोखा धारमा बस्नू न हो
  - मोतीराम भट्ट
२) बहरे रमल मुरब्बा महजुफ -पिङ्गल-छन्द मालिका)
 फाइलातुन्±फाइलुन् -s।ssं s।s)
 s । s s   s । s
 आज मेरो / मन दुख्यो
 प्रेमले जीवन दुख्यो
  - गोपाल अश्क
३) बहरे हजज मुसद्दस महजुफ -पिङ्गल छन्द-सुमेरु) – मफाईलुन् x २) ं फऊलुन्
-।sss x २ ं s।s)
 । s s s    । s s s     s । s
 झुलौँ सङ्गै /तिमी भन्थ्यौ /हिजो ता
 नफुल्दै चोटले त्रि्रो झरेँ म
  - सरोज काफ्ले -अधरामृत)
 सधैँ हारेर बाँचेको मलाई
 उपेक्षाले कुनै माला नदेऊ
  - घनेन्द्र ओझा -बल्झेर याद तिम्रो)
मुजाहिफ बहरः
 मूल रुक्नहरू तोडेर बनेका बहरहरूलाई मुजाहिफ बहर भनिन्छ । प्रमुख मुजाहिफ बहर २२ प्रकारका मानिन्छन् तापनि यसरी अन्य दर्जनौं बहरहरू पनि बनेका पाइन्छन् । तिनको निर्माणमा माथिका बहरहरूको मिश्रति प्रभाव पर्दछ । यस्ता बहरहरू खासगरी मात्रा र लय भङग नहुने गरी बन्दछन् । यस्ता बहरमा प्रयोग हुने परिवर्तित अर्थात् टुक्रिएका रुक्नहरूलाई जिहाफ भन्दछन् । जिहाफका केही उदाहरण तल प्रस्तुत छन् -
 मफऊलु ।।s। मफाईलु ।s।s। मुफाइलुन् ।s।s फैलुन् ss फयलातुन् ।।ss
 फा/फे s फइलुन् ।।s फऊलु ।s।  मुस्तफइलुन s।।।s मुफ्तइलुन् s।।s
 मफ्ऊलु ss। मफा ।s मुतफाइलतुन ।।s।।s आदि

केही संस्कृतका पिङ्गल छन्दसँग मिल्ने मुजाहिफ बहरका नाम र संरचनाका सूत्रहरू तल प्रस्तुत छन्ः
१) बहरे हजज मुसम्मन मकबुज- मुफाइलुन् x ४ -।s।s x ३) -पिङ्गल छन्द – पञ्चचामर)
 मलाई नित्य चित्तमा लिएर चल्दछिन् उनी
 जसै म पुग्छु द्वारमा धपक्क बल्दछिन् उनी
  - गोविन्दराज विनोदी
 जसै म भेट्न आउँछु तिमी लुकेर बस्तछ्यौ
 अरू कुनै पनि बखत तिमी फुकेर बस्तछ्यौ
  - घनश्याम “परिश्रमी”
 छ फूलवाग कोपिला लगाउँला रमाउँदै
 ल आउ साथमा सँगै बसाउँला रमाउँदै
  - गोर्खे साइँलो -सूत्रमाला)
२) बहरे हजज मुरब्बा मकबुज – मफाइलुन् x २ -।s।s x २) -पिङ्गल छन्द-प्रमाणिका)
 गयो सिकार गर्न जो
 उतै उही सिकार भो
  - डा. घनश्याम परिश्रमी
३) बहरे मुतकारिब मुसम्मन महजुफ -पिङ्गल छन्द – भुजङ्गी)
 फऊलुन् x ३ मफा ।ss x ३ं।s
 चिठी पत्रद्वारा खबर मात्र भो
 तिमीलाई भेट्ने रहर मात्र भो
  - घनश्याम “परिश्रमी”
 सुसेली लताका नमागे हुने
 नभेटी बिहानै नभागे हुने
  - गोर्खे साइँलो -मुस्कान)
४) बहरे मुतदारिक मुरब्बा मक्तुअ -पिङ्गल छन्द-विद्युन्माला)
 मुस्तफ् फैलुन ं मुस्तफ् फैलुन् -ssssंssss)
 अल्पायुमै छोड्यौ बाबा
 व्यर्थै पीडा जोड्यौ बाबा
  - गोर्खे साइँलो -मुस्कान)
५) बहरे हजज अखरब अबतर मुसद्दस -पिङ्गल छन्द – तोटक)
 मफऊलु ं मफा ं मफऊलु ं मफा -।।s।ं।s वा  मुतफाइलतुन -।।sं।।s x २)
 सब रात बिते यसरी कि सधैं
 विरही मनमा छ झरी कि सधैं
  - घनश्याम “परिश्रमी”
 तिमीसाथ हुनेछ हुसैन सधैँ
 सुन अब्बल, दोयम, टारहरू
  - हुसैन खाँ
 हिम पर्वतका परखाल ढले
 मन मन्दिरका हिमताल गले
  - गोर्खे साइँलो -मुस्कान)
६) बहरे मुजारे मुसम्मन अखरब -पिङ्गल छन्दः दिक्पाल)
 मफ्ऊलु ं फाइलातुन् x २ -ss।) s।ss x २) वा मुस्तफ्इलुन ं फऊलुन -ss।s ं ।ss x २)
 रोएर दिन बिताएँ तारा गनेर राती
 निठुरी रहेछ त्रि्रो पत्थर समान छाती
  - उपेन्द्रबहादुर जिगर
 हीरा जुहारभन्दा माटो मलाई प्यारो
 रङ्गीन दुनियाँमा रातो मलाई प्यारो
  - बूँद राना
 हिँड्दा हजार काँडा टेक्दै दुखेर रोयौँ
 देख्ला भनी कसैले साँच्ची लुकेर रोयौँ
  - घनेन्द्र ओझा
७) बहरे मुतदारिक मुजाहिफ -पिङ्गल छन्द – द्रुता)
 फाइलुन्ंमफांफाइलुन्ंमफा -s।sं।sंs।sं।s)
 प्रेम हो खुसी प्रेम त्रासदी
 प्रेम रोग हो प्रेम औषधी
  - डा. घनश्याम “परिश्रमी”
८) बहरे हजज मुसद्दस महजुफ -पिङ्गल छन्द – पीयूषवर्ष
 मफाइलुन्, मफाइलुन्, फाइलुन् -।sssं।sssंs।s)
 कसम खाएर भन्दै छु आज म
 म त्रि्रो नै त बन्दै छु आज म
  - डा. घनश्याम न्यौपाने ँपरिश्रमी’
 यसरी नै मुजाहिफ बहरहरूको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । आजका अधिकांश गजलकारहरूले यी शास्त्रीय सूत्रहरूको परिपालना गरी गजल संरचना गर्न छोडेका छन् । बरू बहरबद्धताविना गजल बन्नै नसक्ने भएकाले मुसिकियत -लयात्मक) गुणको महत्त्वलाई आत्मसात् गर्दै स्वतन्त्र बहर निर्माण गरी गजल रचना गर्ने कार्यले यस कालमा व्यापकता पाएको छ । यस्ता स्वतन्त्र बहरहरूमा गायनहेतु उच्चार्य अक्षर वा मात्रात्मक एकरूपता तथा गति र यतिको सन्तुलन हुनु आवश्यक हुन्छ । आजका अधिकांश नेपाली गजलकारहरूले बहर, मात्रा र अक्षरको समेत सन्तुलन विना नै गजल रच्ने गरेको पाइन्छ । यस्तो हुनु गजलका लागि दुःखद पक्ष हो । अतः संस्कृतका पिङ्गल छन्द र फारसी उर्दूका गजलका बहरहरूको तुलनात्मक अध्ययन आवश्यक, औचित्यपूर्ण र महत्त्वपूर्ण देखिन्छ । यस अध्ययनले एकातिर छन्दको पुनर्जागरण तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछ भने अर्कातिर निकट सम्बन्ध भएका संस्कृत र फारसी भाषाका छन्दमा पाइने साम्य र वैषम्यको बोधमा सहयोग पुग्दछ ।
सर्न्दर्भ ग्रन्थसूची
अस्थाना, डा.राहिताश्व -सम्.), १९९६ इ., इन्द्रधनुषी हिन्दी गजलें, उ.प्र.ः सहयोगी साहित्यकार प्रकाशन, हरदोई ।
ओझा, घनेन्द्र, २०६२, बल्झेर याद त्रि्रो, काठमाडौँः हजुरको प्रकाशन ।
उदासी, टीकाराम, गजलसिद्धान्त र नेपाली गजलको इतिहास, नेपालः अतिरिक्त प्रकाशन ।
काफ्ले, सरोज, २०६२, अधरामृत, पाल्पाः मदनपोखरा साहित्य सङ्गम ।
कालिकाप्रसाद र अन्य -सम्पा.) २०१३, बृहत् हिन्दी शब्दकोश, -दो.सं), बनारसः ज्ञानमण्डल लिमिटेड ।
… -प्र.सं.), १९९७ इ., मृदुलय -गजल विशेषांक) मई जून ।
ख्वाब, अकबराबादी, १९९३ इ, गजल के छन्द तथा नियम, आगराः लेखक स्वयम् ।
जगन्नाथ, १९९७ इ., गजल के शिल्प विधान, पटनाःपुष्कर प्रकाशन ।
ढुङ्गाना, गोविन्दप्रसाद शर्मा, २०५० -पाँचौँ संस्क.), छन्दोहार, काठमाडौँः ऐर्श्वर्य छापाखाना ।
त्रिपाठी, वासुदेव र अन्य -सम्पा.), २०४०, नेपाली बृहत् शब्दकोश, काठमाडौँः ने.रा.प्र.प्र. ।
नरेश, १९९१ इ., गजल शिल्प और संरचना, चण्डीगढः हरियाणा साहित्य अकादमी ।
नेपाल, वसन्तकुमार शर्मा, २०५८ -दो.सं.), नेपाली शब्दसागर, काठमाडौँ ः भाभा पुस्तक भण्डार ।
न्यौपाने, घनश्याम,२००० इ., हिन्दी और नेपाली गजलों का विश्लेषणात्मक अध्ययन
-अप्र), बी.आर.ए.बी. युनिभर्सिटी मुजफ्फरपुर, भारतमा प्रस्तुत गरिएको विद्यावारिधि शोधप्रबन्ध ।
पन्थी, देवी, २०५९, गजल सिद्धान्त र समालोचना, विविध वाङ्मय ।
…, २०६१, गजलमा मिजाज, कोसेढुङ्गा, वर्ष३, अङ्क ६, ४७-५० ।
परिश्रमी, घनश्याम न्यौपाने, २०५६, गजलको सैद्धान्तिक चिनारी, सगर-१३/१४-वैशाख-असोज) ९६-१०२ ।
परिश्रमी, डा. घनश्याम न्यौपाने, २०६१, गजलः शिल्प, शैली र रचना विधान, अनुराग-४, ४-३१ ।
…, २०६३, गजल परिचय र रचना विधि, मिर्मिरे, २५५, १५-२८ ।
…), २०६३, गजल भूमिकावली, काठमाडौँः भाभा पुस्तक भण्डार, चावहिल ।
बराल, कृष्णहरि, २०६३, गजल परम्परा र मोतीराम भट्टको गजलकारिता, -अप्र) त्रिभुवन विश्वविद्यालय, -केन्द्रीय कार्यालय, नेपाली विभाग) मा प्रस्तुत विद्यावारिधि शोध प्रबन्ध ।
ब्राजाकी, मनु, २०५१, गजल गङ्गा, काठमाडौँः साझाप्रकाशन ।
मुजाबर, डा. सरदार, १९९३, हिन्दी गजल के विविध आयाम, नई दिल्लीः भूमिका प्रकाशन ।
… -सम्पा.) २००१, हिन्दी गजल गजलकारों की नजर में, नई दिल्ली ः वाणी प्रकाशन ।
मुद्दाह, मुहम्मद मुस्तफा खाँ -सम्पा.), १९९२ इ., उर्दू हिन्दी शब्दकोश, लखनऊः उत्तर प्रदेश हिन्दी संस्थान ।
मोहम्मद, डा.मालिक, १९७५ इ., अमीर खुसरो, दिल्लीः राजपाल एन्ड सन्स ।
यादव, राजेन्द्र -सम्पा.), १९९७ इ., हंस – वर्ष११, अंक १०, र्-मई) ।
वर्मा, धीरेन्द्र र अन्य -सम्पा.), २००० इ., -पुनःमु.), हिन्दी साहित्यकोश, वाराणसीः ज्ञानमण्डल लिमिटेड ।
साइँलो, गोर्खे, २०६२, मुस्कान, चितवनः पल्लव साहित्य विविध ।
साइँलो, गोर्खे, २०६३, सूत्रमाला, चितवनः पल्लव साहित्य विविध ।
सेतिया, सुभाष -सम्पा.), २००० इ., आजकल-वर्ष५७, अंक ३ -जुलाई) ।
श्रीभट्टकेदार, २०५२ -नवौँ संस्क.), वृत्तरत्नाकर, वाराणसीः चौखम्बा संस्कृत संस्थान ।
हुसैन, एहते शाम, १९६९ इ,, उर्दू साहित्य का आलोचनात्मक इतिहास, इलाहाबादः लोकभारती प्रकाशन ।
डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
भैरहवा वहुमूखी क्याम्पस
पल्लव साहित्यिक पत्रिका– १३, औअङ्क, गजलविशेष– २०६४, कार्तिक बाट साभार ।