भक्ति प्रसाद पौड्याल
भक्ति प्रसाद पौड्याल जीका केस्राहरु
"होली"
खेल्दछन् सब आज होली
रङ्गमा मीठो छ बोली
रङ्गमा मीठो छ बोली
बिर्सियो पीडा जुनीको
रङ्गले निथ्रुक्क चोली
रङ्गकै हो पर्व होली
लौ मनाऔँ हृदय खोली।
रङ्गले निथ्रुक्क चोली
रङ्गकै हो पर्व होली
लौ मनाऔँ हृदय खोली।
१८-०३-२०१२
![]() |
भक्ति प्रसाद पौड्याल
मोरंग
|
शिशिरमा नाङ्गो भएर
प्रलय झैँ जाडो सहेर
भर्छ वन जब पालुवाले
कोइली नाच्छे ल हेर
समयको धारा भएर
आउला हाँसो बगेर।
१४-०३-२०१२
“प्रणयवेदना”
सम्झी सम्झी रुएँ
तस्बिर उस्कै छुएँ
बैगुनीका सामु
व्यर्थै शिर नुएँ
रातै भरि रुएँ
सिरानी त्यो धुएँ।
१६ -०२ -२०१२
"सन्तुष्टि"जति सक्छु गरेकोछु
कहाँ पछि परेकोछु
माया फल्दा खुसी लाग्छ
आफू माया छरेकोछु
दुःख जिलो गरेकोछु
सन्तुष्टिले भरेकोछु।
०५-०१-२०१२