यहा काठ्मान्डौमा-गजल

-गोबिन्द प्रयास

दिनहु धेरै बाटाहरु छुटिन्छन् ,यहा काठ्मान्डौमा
आफ्नै मन्का भावनाहरु लुटिन्छन्,यहा काठ्मान्डौमा

कति सपना बोकि आऊछन सायद धेरै दुरबाट

तर आफ्नै अस्तित्व मेटिन्छन् ,यहा काठ्मान्डौमा

मिलनको केन्द्रबिन्दु सहर हाम्रो राजधानि
कैयौ आफ्नै मान्छे पराइ भेटिन्छन्,यहा काठ्मान्डौमा

गल्ति बिनै सजाय भोग्नुपर्ने बाध्यता छ
आफ्नै द्वारा आफ्नै मन कुटिन्छन्,यहा काठ्मान्डौमा

बिस्वास नै कहा रह्यो र पैसा ठुलो भयपछि
ऐना फुटेसरि भाग्य फुटिन्छन्,यहा काठ्मान्डौमा।

-कास्की, पोखरा
हाल:
काठ्मान्डौ