अस्तित्वविहीन मान्छे म !



कतै हराएको जस्तै
विलिन भए जस्तै
आकारविहीन प्रकारविहीं
रित्तिएकोछु सिद्धिएकोछु
अस्तीत्वको जिबनमा
अस्तित्वविहीन छु म।
न बुझ्न सकियो-
रित्तो काखका पीडाहरु
न भन्न सकियो-
खालि सिउँदोको कथाहरु
न महसुस गर्न सकियो-
सुकुम्बासीको जिबनकथा
न जान्न सकियो-
माग्नेहरुको करुण-कथा
न गाउँ सकियो-बीरताको जीवनगाथा
न लेख्न सकियो-
परिश्रमिको जीवनपिडा
त्यसैले
म हुनु र नहुनमा
फरक केहि देखिनँ
अस्तित्वहीन मान्छे म।

कसैको एक गास
कसैको एक बास
कसैलाई एक टुक्रा
कसैलाई एक झुप्रा
कसैको लागि कफन
अँह केहि पनि छैन

आखिर म
कसैको लागि केहि बन्न सकिनँ
केवल मुल्यहीन-अस्तित्वहीन।

चल्ने समयको गति
उड्ने बादलको सन्देश
बग्ने खोलाको संगीत
प्रकृतिको रहस्य
जिबनको महत्व
आखिर केहि बुझ्न सकिनँ
त्यसैले
विचारहीन मान्छे म
जिवहिन मान्छे म
अर्थहीन मान्छे म
अस्तित्वहीन मान्छे म।।

साभार:रोल्पाली कवी डी.वी. टुहुरोको आठौँ स्थान पछिको प्रकाशित कविता संग्रह
'विहानी' बाट।