गाउँले बोलायो लागे

जेन तमू  ज्ञानेन्द्र



गाउँले बोलायो लागे म त गाउँतिर /
दाउले बोलायो लागे म त गाउँतिर/

बिहे नि गर्ने हो भन्नुहुन्छ झट्टै छोरो ,
बाउले बोलायो लागे  म त गाउँतिर /

जन्मेको हुर्केको प्यारो मेरो मातृभूमि ,
ठाउँले बोलायो लागे म त गाउँतिर /

तिरेर होलाकी  ब्याज स्याज यताउता ,
साहुले  बोलायो लागे म त गाउँतिर /

निस्केको धेरै भो गुड छाडी चारो खोज्न ,
माउले बोलायो लागे म त गाउँतिर /