,भेटौं अब कसो गरी|

हराएको मान्छे मेरो,भेटौं अब कसो गरी|
पिरतीको मृगतृष्णा,मेटौं अब कसो गरी|

एक्लो यात्री भएँ आज, एक्लै हिंडी रहेको छु
आफ्नो मान्छे हराउँदा,आँसु संगै बहेको छु|

बिलाई गयो निष्ठुरी त, देखौं अब कसो गरी
पिरतीको  मृगतृष्णा, मेटौं  अब कसो गरी|


पुष्पमास हाँसो  दिई, उष्ण  हुँदा  रुवाई गयो
यै आँशुको ताल भित्र,मलाई एक्लै डुबाई गयो|

सम्झनाको किरणलाई, छेकौं अब कसो गरी
पिरतीको  मृगतृष्णा, मेटौं  अब  कसो  गरी|

हराएको मान्छे मेरो,भेटौं अब कसो गरी|
पिरतीको मृगतृष्णा,मेटौं अब कसो गरी|



 सुवास संगम राई
लोखिम - ३ सोलुखुम्बु