गीत - सुबाश संगम राई
कति दुखें जिन्दगीमा,कति पिएँ आँसु|कलेजीमा चोट लुकाई,कसरी म हाँसु|बेहोसीमा कुल्चें मुटु,दुख्दा होश खुल्योनशालु यी आँसु पिएँ,झनै व्यथा चुल्यो|जिन्दगीको परिभाषा, पीडा भित्र भेटेंत्यसैले त विरहको , यस्तो गीत लेखें|कति दुखें जिन्दगीमा....रमाएर जिउने मेरो, चाहना थ्यो अतितर उल्टै रुनु पर्यो, आज कति - कति|सुख छैन समीपमा, कुन्नि कता गयोदु:ख संग कति लडौं,बाँच्नै गाह्रो भयो|कति दुखें जिन्दगीमा...कति दुखें जिन्दगीमा,कति पिएँ आँसु|कलेजीमा चोट लुकाई,कसरी म हाँसु|
सुवास संगम राई
लोखिम - ३ सोलुखुम्बु
२८ - जुन - २०१२