रोल्पामा कविता प्रतियोगिता सम्पन्न

खेमराज गाउँले / रोल्पा

राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा आज लिबाङमा बाल कविता प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका ७ जना बालबालिका सहभागिता रहेको प्रतियोगिताको नतिजा भोलि आउने आयोजकले जनाएको छ । सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई ‘देवकी दामोदर बालप्रतिभा पुरस्कार’ प्रदान गरिने परिषद् जिल्ला शाखा अध्यक्ष डी.वी. टुहुरोले जानकारी दिनुभयो । वरिष्ठ साहित्यकार नगेन्द्र गुरुले स्थापना गर्नुभएको सो पुरस्कार हरेक वर्ष बाल कविता प्रतियोगिता गरी भानु जयन्तिको अवसरमा प्रदान गरिन्छ ।