सिलिङमिलिङ गरिरहेछ

-जेठा बैरागी

 कदम्बको छहारीमा
आँसुका भेल पिएको
म हतपती बिर्सिन सक्दिनँ
चुनवाङका पीडासँग नाचेको
उनीहरूले
पेट भरिने बित्तिकै
थवाङ र फुन्टिवाङ र्बिर्सिएझैँ
म भुल्न सक्दिन
प्रिय बन्धु
फुन्टिवाङ मेरा गुरुहुन्
चुनवाङ आत्मा
माउतेहरू
अलमलिरहेछन्
मूलबाटो नपाएर
फुन्टिवाङ आफ्नो अस्तित्वबोध गर्छ
ऊ आत्मविस्मृतिको अवस्थामा
त्रुटिहीन कार्य गरेर
विर्सिरहेछ
म छामीरहेछु
धेरै दिन देखी
ती पीडाहरूले
मलाई निदाउन दिएको छैन
त्यस दिनको
स्मृतिचिहन् स्वरुप
घर्तीनी कान्छी उभिन्छे
मेरो अगाडि
माउतेहरू
देखिन्नन कतै
हातका मैल देखेर
परपर भएकाछन्
फुन्टिवाङलाई कोठेरानी बनाएर
छरपुष्ट पारेर
जुम्सो माउते
कर्काउली बनेर
सिलिङमिलिङ गरिरहेछ